११ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

डी मारियापछि फ्रान्सेली स्टार ओलिभिए जिरुले पनि लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

१ श्रावण २०८१, मंगलवार ०८:५५

साउन १, काठमाडौँ । फ्रान्सेली फुटबल टोलीका प्रभावशाली खेलाडी ओलिभिए जिरुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले अन्तिम अन्तर्राष्ट्रिय खेल हालै सम्पन्न युरोकपमा स्पेनविरुद्ध खेलेका थिए ।

युरोकपको स्पेनविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सेली टोली २–१ गोलले पराजित भएको थियो । आफ्नो टोली सेमिफाइनलमा पराजित भएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय गरेका हुन् ।

३७ वर्षीय ओलिभिए अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको औपचारिक घोषणा सोमबार गरेका हुन् । उनी फ्रान्सलाई विश्वकप उपाधि जिताउने टोलीका सदस्य पनि हुन् ।


उनी इङ्लिस प्रिमियर लिग क्लब आर्सनल र चेल्सीका पूर्वस्ट्राइकर पनि हुन् । ओलिभिए जिरुले सन् २०११ मा २५ वर्षको उमेरमा फ्रान्सेली टोलीबाट ‘डेब्यू’ खेल खेलेका थिए । उनले फ्रान्सका लागि कुल एक सय ३७ खेल खेल्दै कुल ५७ गोल गरेका छन् ।

आफ्नो सक्रिय खेल जीवनमा उनले फ्रान्सका लागि ६ वटा ठुला प्रतियोगितामा सहभागिता जनाए । फ्रान्सले सन् २०१८ मा विश्वकप चुम्दा पनि उनी टोलीका प्रभावशाली सदस्य थिए । उनीसहितको फ्रान्सेली टोली सन् २०२२ को विश्वकप फुटबलमा भने उप–विजेता बनेको थियो ।

ओलिभिए जिरु सन् २०१६ को युरोकपमा पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनी हाल अमेरिकी क्लब लस एन्जल्स फुटबल क्लबमा आबद्ध छन् । उनले सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर)मार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

‘मैले आफ्नो जीवनको लामो समय राष्ट्रका लागि खेल्न बिताएँ । यो मेरा लागि गौरवको विषय हो । अब खेलजीवनबाट बिदा लिने समय आइसकेको छ । अबको जिम्मेबारी नयाँ प्रतिभाले आफ्नो काँधमा उठाउनु पर्छ,’ उनले भनेका छन् ।

यो साता अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइ–बाई’ गर्ने जिरु दोस्रो प्रभावशाली खेलाडी हुन् । यसअघि चर्चित अर्जेन्टिनी खेलाडी एन्जल डी मारियाले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका थिए ।

३६ वर्षीय आक्रामक मिडफिल्डर डी मारियाले आफ्नो टोलीलाई कोपा–अमेरिकाको उपाधि चुमाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । कोपा–अमेरिकाको ४८औँ संस्करणको फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो ।

अर्जेन्टिना सबैभन्दा बढी (१६ पटक) कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि बनेको छ । उनले सन् २००८ मा अर्जेन्टिनी टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले अर्जेन्टिनाका लागि एक सय ४५ खेल खेल्दै कुल ३१ गोल गरेका छन् ।

उनले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, इटालियन सिरिए क्लब युभेन्ट्स र पोर्चुगिज क्लब बेनफिकाबाट ब्यवसायिक फुटबल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ? मोरङ सामूहिक बलात्कार : पक्राउ परेका तीन जनाविरुद्ध तीन मुद्दामा अनुसन्धान भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल रविसहित ७ जनालाई अदालत पुर्‍याइयो, आजै बयान शुरू हुने अजरबैजान विमान दुर्घटना : विमान चरासँग ठोक्किएको प्रारम्भिक निष्कर्ष भोजपुरमा स्कर्पियो दुर्घटना : १० जना घाइते, दुईको अवस्था गम्भीर धनुषामा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला प्रहरी प्रधान कार्यालयले ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन दिए निर्देशन धनुषामा एक महिलाको शव गाडेको अवस्थामा फेला दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण पुग्यो अन्तिम चरणमा चार संसदीय समितिको बैठक आज बस्दै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?