2026-09-19 11:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

डी मारियापछि फ्रान्सेली स्टार ओलिभिए जिरुले पनि लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

साउन १, काठमाडौँ । फ्रान्सेली फुटबल टोलीका प्रभावशाली खेलाडी ओलिभिए जिरुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले अन्तिम अन्तर्राष्ट्रिय खेल हालै सम्पन्न युरोकपमा स्पेनविरुद्ध खेलेका थिए ।

युरोकपको स्पेनविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सेली टोली २–१ गोलले पराजित भएको थियो । आफ्नो टोली सेमिफाइनलमा पराजित भएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय गरेका हुन् ।

३७ वर्षीय ओलिभिए अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको औपचारिक घोषणा सोमबार गरेका हुन् । उनी फ्रान्सलाई विश्वकप उपाधि जिताउने टोलीका सदस्य पनि हुन् ।

उनी इङ्लिस प्रिमियर लिग क्लब आर्सनल र चेल्सीका पूर्वस्ट्राइकर पनि हुन् । ओलिभिए जिरुले सन् २०११ मा २५ वर्षको उमेरमा फ्रान्सेली टोलीबाट ‘डेब्यू’ खेल खेलेका थिए । उनले फ्रान्सका लागि कुल एक सय ३७ खेल खेल्दै कुल ५७ गोल गरेका छन् ।

आफ्नो सक्रिय खेल जीवनमा उनले फ्रान्सका लागि ६ वटा ठुला प्रतियोगितामा सहभागिता जनाए । फ्रान्सले सन् २०१८ मा विश्वकप चुम्दा पनि उनी टोलीका प्रभावशाली सदस्य थिए । उनीसहितको फ्रान्सेली टोली सन् २०२२ को विश्वकप फुटबलमा भने उप–विजेता बनेको थियो ।

ओलिभिए जिरु सन् २०१६ को युरोकपमा पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनी हाल अमेरिकी क्लब लस एन्जल्स फुटबल क्लबमा आबद्ध छन् । उनले सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर)मार्फत आफ्नो सन्न्यासको घोषणा गरेका हुन् ।

‘मैले आफ्नो जीवनको लामो समय राष्ट्रका लागि खेल्न बिताएँ । यो मेरा लागि गौरवको विषय हो । अब खेलजीवनबाट बिदा लिने समय आइसकेको छ । अबको जिम्मेबारी नयाँ प्रतिभाले आफ्नो काँधमा उठाउनु पर्छ,’ उनले भनेका छन् ।

यो साता अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइ–बाई’ गर्ने जिरु दोस्रो प्रभावशाली खेलाडी हुन् । यसअघि चर्चित अर्जेन्टिनी खेलाडी एन्जल डी मारियाले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका थिए ।

३६ वर्षीय आक्रामक मिडफिल्डर डी मारियाले आफ्नो टोलीलाई कोपा–अमेरिकाको उपाधि चुमाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् । कोपा–अमेरिकाको ४८औँ संस्करणको फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो ।

अर्जेन्टिना सबैभन्दा बढी (१६ पटक) कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि बनेको छ । उनले सन् २००८ मा अर्जेन्टिनी टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले अर्जेन्टिनाका लागि एक सय ४५ खेल खेल्दै कुल ३१ गोल गरेका छन् ।

उनले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, इटालियन सिरिए क्लब युभेन्ट्स र पोर्चुगिज क्लब बेनफिकाबाट ब्यवसायिक फुटबल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो