२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता

२०८१, ४ श्रावण शुक्रबार ०८:५९

साउन ४, काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्सको दोस्रो विकेट लिएको छ । यूएईले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको हो ।

 उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरिन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको छ । नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


त्यसअघि, यूएईले पहिलो विकेटका रुपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् ।

 तर, त्यसअघि नै रुविना क्षेत्रीले विकेटकिपर काजोल श्रेष्ठलाई बल उपलब्ध गराइन् र काजोलले त्यो अवसलाई पूर्ण रुपमा सदुपयोग गरिन् । दोस्रो ओभरको पाँचौँ बलमा एसा आउट हुँदा यूएईले ११ रन बनाएको थियो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना