2026-09-19 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानी क्रिकेट बोर्डले बाबरसहित तीन खेलाडीलाई टी-२० क्रिकेट खेल्न रोक्यो

साउन ५, काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहमद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी-२० खेल्नबाट रोकेको छ ।

तिन खेलाडीले मागेको नो अब्जेक्सन पत्र दिन अस्वीकार गर्दै बोर्डले पाकिस्तानको आगामी आठ महिनामा राष्ट्रिय टिमको व्यस्त तालिका भएकोले उनीहरुलाई पत्र नदिने निर्णय गरेको स्पष्ट गरेको छ ।

बोर्डले आगामी आठ महिनामा पाकिस्तानले १४ एकदिवसीय, ९ टी-२० र ९ टेस्ट खेल खेल्ने तालिका रहेको तथा आउदो बर्ष च्याम्पियन्स ट्रफीसमेत खेल्ने तालिका रहेकोले उनीहरुको राष्ट्रिय टिममा बढी आवश्यकता रहेको बताएको छ । यस अघि बोर्डले बलर नसीम शाहलाई पनि फ्रेन्चाईजी लिग खेल्न अनुमति दिन अस्वीकार गरेको थियो ।

त्यस्तै बोर्डले आसिफ अली, इफ्तिखार अहमद, मोहमद आमिर र मोहमद नवाजलाई भने ग्लोबल टी-२० खेल्न अनुमति दिएको छ ।

      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो