2026-09-19 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानलाई हराए नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्ने

साउन ६,  काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटमा भारत लगातार दोस्रो जितसहित सेमिफाइनल नजिक पुगेको छ ।  

भारतले पहिलो खेलमा पाकिस्तानलाई र दोस्रो खेलमा आइतबार यूएईलाई ७८ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । 

पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २०१ रन बनायो । कप्तान हर्मनप्रित कौरले ४७ बलमा ६६ तथा रिचा घोषले २९ बलमा अविजित रहँदै ६४ रन बनाइन् । काभिशा एगोडेजले २ विकेट लिइन् । 

जवाफमा यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन बनायो । अलराउन्डर काभिशाले ३२ बलमा अविजित रहँदै ४० रन जोडिन् । दिप्ती शर्माले २ विकेट लिइन् । 

लगातार दुई हारसहित यूएई सेमिफाइनलको होडबाट बाहिरिएको छ । 

आजको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल बेलुकी ७ः१५ बजेदेखि शुरु हुनेछ । 

नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएर शानदार शुरुआत गरेको छ । आज पाकिस्तानलाई हराएमा नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ ।

नेपाल विजयी भए भारत पनि एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । 

समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेल्दैछन् । त्यस्तै पाकिस्तानले यूएईसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो