2026-09-19 11:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी २० क्याडानमा सन्दीपको अलराउन्ड प्रदर्शन

साउन ११, काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी २० मा नेपाली बलर सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरेका छन्।

टोरन्टो नेशनलविरुद्धको खेलमा भानकुभर नाइट्सबाट खेलेका लामिछानेले अलराउन्ड प्रदर्शन गरेका हुन्। उक्त खेलमा उनले एक विकेट लिनुका साथै ब्याटबाट समेत योगदान दिए।

टोलीका अन्य ब्याटरले खासै स्कोर खडा गर्न नसकेको अवस्थामा लामिछानेले ९ बलमा तीन चौकासहित १५ रन जोडे। यद्यपि टोलीले खेल भने हार्यो।

ब्राम्पटनको सीएए सेन्टरमा टस हारेर पहिला ब्याटिङमा तानिएको भानकुभर १९.३ ओभरमा अलआउट हुँदै ११० रनमा समेटियो।

उसका लागि रीजा हेन्ड्रिक्स र मुनीर अहमदले समान २३-२३ रन बनाउँदा डोयन प्रेटोरियसले १६, सन्दीपले १५, युवराज समाराले १४ र पल भान कीकिरनले १२ रन जोडे।

टोरन्टोका जुनैद सिद्दीकीले चार, साद बीन जफर र मुहम्मद रोहिदले समान दुई-दुई र जेसन बेह्रेन्ड्रोफले एक विकेट लिए।

१११ रनको लक्ष्य पछ्याएको ब्याटिङमा उत्रिएको टोरन्टोले १४.४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेटटयो। उसका लागि कोलिन मुन्रोले ४४, उन्मुक्त चन्दले २३ रन बनाएर आउट हुँदा रासी भान डर डुसेन ३१ र निकोलस किर्तन ४ रनमा नटआउट रहे।

भानकुभरका सन्दीप र पल भान मीकिरनले समान एक-एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज राति पौने ९ बजे मोन्ट्रियल्स टाइगर्स र बांग्ला टाइगर्स मिस्सीसौगा भिड्दैछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो