2026-09-19 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी–२० को दोस्रो खेलमा कस्तो रह्यो सन्दीपको प्रदर्शन ?

साउन १३, काठमाडौं |  क्यानाडामा जारी ग्लोबल टी–२० मा नेपालका तीन खेलाडी खेलिरहेका छन् । तीनै जना खेलाडी आबद्ध क्लबको खेल शनिबार थियो । सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध छन् । 

ग्लोबल टी–२० क्यानडा २०२४ मा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टोलीले लगातार दोस्रो हार बेहोरेको छ । बंगला टाइगर्सले भ्यानकुभरलाई २२ रनले हरायो । १ सय ५३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो ।

खेलमा दिपेन्द्रसिंह ऐरी दुई बलमा एक रन बनाएर आउट भए । सन्दीप लामिछानेले भने दुई विकेट लिएका थिए । यद्यपी उनले चार ओभरमा ३२ रन खर्चिए । ब्याटीङतर्फ सन्दीपले नटआउट २ रन बनाए । 

टोलीका लागि हर्ष ठाकेरले नट आउट रहँदै ६७ बलमा ७९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।  दोस्रो हारसँगै भ्यानकुभर अङ्क तालिकामा पुछारबाट दोस्रोमा छ ।

उता रोहित आबद्ध टोरन्टो नेशनल्स्ले भने सानदार जित हात पारेको छ । ब्रामटन वल्भसविरुद्ध टोरन्टो ८ विकेटले विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो