2026-06-23 01:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी–२०: दीपेन्द्र र सन्दीपआबद्ध टोलीले आज तेस्रो खेल खेल्दै

साउन १३, काठमाडौं |  क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले तेस्रो खेल खेल्दैछ ।

दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले आफ्नो तेस्रो खेलमा मोन्ट्रियल टाईगर्सविरुद्ध खेल्दैछ ।

भेनकुवर र मोन्ट्रियलबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार आइतबार राति पौने ९ बाट सुरु हुँदैछ ।

भेनकुवर पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो । त्यो खेलमा सन्दीपले १ विकेट लिनुका साथै १५ रन समेत जोडेका थिए ।


भेनकुवरले दोस्रो खेलमा बंगला टाइगर्ससँग समान २२ रनले पराजित भएको थियो । दोस्रो खेलमा सन्दीपले २ विकेट लिनुका साथै अविजित २ रन बनाएका थिए । दोस्रो खेलमा दीपेन्द्रले १ रन बनाएका थिए ।

नेपाली कप्तान रोहित कुमार पौडेलसम्मिलित टोली टोरोन्टो नेसनल्नको खेल सोमबार बिहान आफ्नो तेस्रो खेल खेल्नेछ ।

ब्रैम्प्टन वुल्भ्ससँगको खेलमा रोहितले ब्याटिङको मौका पाएनन् । टोरोन्टोले वुल्भ्ससँगको खेल ८ विकेटले हराएको थियो ।

रोहितआबद्ध टोरोन्टो नेसनल्सले तेस्रो खेलमा सरे ज्याकवार्सको सामना गर्नेछ । नेसनल्स र सरेबीचको खेल सोमबार बिहान पौने २ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने