2026-09-19 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२० मा ब्राम्पटनविरुद्ध सन्दीप महँगो साबित, दीपेन्द्रको कसिलो बलिङ

साउन १७, काठमाडौँ ।  ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो चौथो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले चौथो खेल खेलेका छन्। गएराति ब्रम्टन वुल्भ्ससँग ६ विकेटले पराजित भएको भ्यानुभरका लागि सन्दीपले तीन ओभर बलिङ गर्दा मात्र एक विकेट लिएर सर्वाधिक ३९ रन खर्चिए। भ्यानकुभरका लागि गएराति भएको खेलमा सन्दीप महँगो साबित भएका हुन् । 

ब्राम्पटनविरुद्ध सन्दीपले तीन ओभर मात्र बलिङको मौका पाए, जसमा उनले एक विकेट लिएर ३९ रन खर्चिए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिए पनि लय कायम राख्न सकेनन् । उनले उक्त ओभरमा ६ रन दिएर ज्याक जेर्भिसलाई तीन रनमा बोल्ड गरे ।  

सन्दीपले दोस्रो ओभरमा एउटा स्टम्पिङको मौका दिए पनि त्यसमा विकेटकिपर चुके । उनले दोस्रो ओभरमा तीन छक्कासहित बिनाविकेट २२ रन खर्चिए । जारी सिजनमा उनले एकै ओभरमा २२ रन खर्चिएको यो पहिलोपटक हो । ब्राम्पटनविरुद्ध तेस्रो ओभरमा सन्दीपले बिनाविकेट ११ रन दिए ।

ग्लोबल टी–२० क्यानडा २०२४ मा उनले चार म्याच खेल्दा ५ विकेट लिएका छन् । सन्दीपले पहिलो र तेस्रोमा एक/एक तथा दोस्रो खेलमा दुई विकेट लिएका थिए । हालसम्म सन्दीपले ग्लोबल टी–२० को इतिहासमा २१ खेलमा २८ विकेट लिएका छन् । ब्राम्पटनविरुद्ध नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले भने राम्रो प्रदर्शन गरे ।

यस खेलमा उनले बलिङ र फिल्डिङमार्फत उत्कृष्ट प्रदर्शन गरेका हुन् । ब्राम्पटनविरुद्ध दीपेन्द्रले ब्याटिङमा भने मौका पाएनन् । उनले फिल्डिङमार्फत ब्राम्पटनका कप्तान डेविड वार्नरलाई पाचौं ओभरको अन्तिम बलमा २५ को स्कोरमा रन आउट गरे । यस्तै, बलिङमा दीपेन्द्रले चार ओभरमा कसिलो बलिङ गर्दै बिनाविकेट १८ रन मात्र दिए । उनले आफ्नो पहिलो ओभरमा मात्र एक रन खर्चिए । 

टस जितेर भ्यानकुभरले वुल्भ्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको भ्यानकुभरले चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो। उसका लागि रिची बेरिंगटनले नटआउट ३८ र आसिफ अलीले नटआउट ३६ रन जोडेका थिए। यी दुई ब्याट्सम्यानले टिकेर खेल्दा मध्यक्रमका ब्याट्सम्यान नेपालका दीपेन्द्रले ब्याटिङ गर्नु परेन।

भ्यानकुभरले दिएको १५० रनको लक्ष्य वुल्भ्सले १८.१ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको हो। उसका लागि विओ वेस्टरले नटआउट सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक बनाउन एक रनले चुके। योसँगै सन्दीप र दिपेन्द्रको टिम भ्यानकुभरले लगातार चौथो हार खाएको छ। अंकबिहीन भ्यानकुभर तालिकाको पुछारमा छ।

नेपालका कप्तान रोहित पौडेलको टिम टोरोन्टो नेसनल्स भने चार अंकसहित तेस्रो स्थानमा छ। रोहितको टिमले सुरुका दुई खेल जित्दा त्यसपछि लगातार दुई खेल गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो