2026-09-19 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काभा बिच भलिबलमा पदक जितेर फर्कियो नेपाली टोली

साउन २०, काठमाडौँ | भुटानको थिम्पुमा भएको काभा बिच भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली महिला टोली र रजत जितेको नेपाली पुरुष टोली आइतबार स्वदेश फर्किएका छन् ।

आइतबार उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले स्वागत गरे ।

काभा बिच भलिबलमा नेपालकी कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तानलाई २-० को सेटमा हराउँदै स्वर्ण पदक जितेको थियो । त्यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्सको ए टिमसँग २-० को सोझो सेटमा पराजित हुँदै रजत पदक पाएको थियो ।

नेपाली टोलीका प्रशिक्षकमा रुपेश विष्टले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षणमै स्वर्ण र रजत पदक जित्दा एकदमै खुशी लागेको बताए ।

नेपालले प्रतियोगिताको दुई दिनअघि नै भुटान पुगेर तयारी गरेकाले पदक जित्न सफल भएको उनको भनाइ छ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो