2026-09-19 09:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पेरिस ओलम्पिकको पुरुष फुटबलमा फ्रान्सलाई पराजित गर्दै स्पेनले जित्यो स्वर्ण

साउन २६, काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले स्वर्ण जितेको छ ।

शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो ।

खेलको सुरुमा फ्रान्सका एन्जो मिलोटले ११औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  तर फर्मिन लोपेजले १८औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । पर्मिनले नै २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाएका थिए । एलेक्स बाएनाले २८औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफमा ३-१ को अग्रता बनायो । निर्धारित समयमै स्पेनले खेल जित्ने संकेत देखाएको थियो । तर फ्रान्सले पनि पुनरागमन गर्‍यो । ७९औं मिनेटमा मागनेस अच्लिउचोले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी टाइममा जिन फिलिपि माटेटाले पेनाल्टीमा गोल गरेपछि फ्रान्सले खेल ३-३ को बराबरी गर्दै अतिरिक्त समयमा पुर्‍याय । 

निर्धारित ९० मिनेटको खेल ३-३ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जहाँ कामेलोले १००औं मिनेटमा गोल गर्दै स्पेनको अग्रता ४-३ बनाएका थिए भने अतिरिक्त समयमको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई जित सुनिश्चित गरे ।

स्पेनले ओलम्पिमा पुरुष फुटबलमा जितेको यो दोस्रो स्वर्ण हो । यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो । १९८४ मा पहिलो पटक फुटबलम स्वर्ण जितेको फ्रान्स घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो