2026-09-19 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

शकिबलाई क्रिकेट टिमबाट तुरुन्तै हटाउन बंगलादेश बोर्डलाई नोटिस

भदौ १०,  काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि नोटिस प्राप्त गरेको छ । केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो । हालै बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्धको आन्दोलनमा ४०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

शकिबसहित हसिना पक्षका १४७ जनामाथि विद्यार्थीको हत्या गरेको आरोप छ । अगस्त ५ मा गोली लागेर विद्यार्थीको मृत्यु भएको थियो । विद्यार्थीका बुबाले ढाकामा एफआईआर दर्ता गरेका छन् । अब विद्यार्थी रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका छन् । यस सूचनामा बीसीबीका अध्यक्ष फारुक अहमदले पाकिस्तान र बंगलादेशबीचको पहिलो टेस्ट म्याचपछि शकिब अल हसनको क्रिकेट भविष्यबारे निर्णय लिइने बताएका छन् ।

शकिब अहिले रावलपिण्डीमा पाकिस्तानविरुद्ध टेस्ट खेलिरहेका छन् । टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई १० विकेटले पराजित गरेर टेस्ट क्रिकेटमा पकिस्तानलाई पहिलो पटक पराजित गरेको छ ।

३७ वर्षीय शकिब शेख हसिनाको सरकारमा मन्त्री थिए । देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले पनि देश छाड्नुपर्‍यो । हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारमा मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् ।

पीटीआईका अनुसार रफिकुल इस्मलाका छोरा रुबेलको आन्दोलनका क्रममा अगस्ट ७ मा मृत्यु भएको थियो । ५ अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा शकिब भने बंगलादेशमा नभएर क्यानडामा ग्लोबल टी- २० खेलिरहेका थिए ।

यति मात्र होइन, २६ जुलाईअघि उनी अमेरिकामा मेजर लिग क्रिकेट खेलिरहेका थिए ।

शकिब यसै वर्ष जनवरीमा अवामी लिगको टिकटमा सांसद निर्वाचित भएका थिए । तर, प्रधानमन्त्री शेख हसिनाले सत्ता गुमाएपछि उनको सांसदको हैसियत पनि खोसियो ।

३७ वर्षीय अनुभवी खेलाडी शकिबले बंगलादेशका लागि अहिलेसम्म ६७ टेस्ट, २४७ एकदिवसीय र १२९ टी-२० खेल खेलेका छन् । यस अवधिमा शकिबले टेस्टमा ४५०५ रन र २३७ विकेट लिएका छन् । जहाँ एकदिवसीय अन्तर्राष्ट्रियमा शकिबको नाममा ७५७० रन र ३१७ विकेट छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २५५१ रन र १४९ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो