2026-09-19 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल फ्रेन्चाइजी लखनऊको मेन्टर बने जाहिर खान

भदौ १२, काठमाडौँ ।  भारतीय क्रिकेट टिमका पूर्व फास्ट बलर जाहिर खान आईपीएल फ्रेन्चाइजी लखनऊ सुपर जायन्ट्सको मेन्टर बनेका छन् ।

२०२२ मा आइपिएलको फ्रेन्चाईजी बनेको लखनउको मेन्टरको भूमिकामा यस अघि अष्ट्रेलियाका जस्टिन ल्यान्गर थिए । त्यस अघि हाल भारतीय टिमका मुख्य प्रशिक्षक रहेका गौतम गम्भीरले दुई बर्ष प्रशिक्षकको भूमिका निभाएका थिए ।  

केएल राहुलको कप्तानीमा रहेको लखनउ २०२२ र २०२३ मा आइपिएलको प्लेअफसम्म पुगेको थियो भने २०२४ मा लिग चरणमा सातौं रहेको थियो । 

त्यस्तै ४५ वर्षीय जहीर खान सन् २००० देखि २०१४ सम्म भारतीय राष्ट्रिय टिमबाट खेलेका थिए । उनले २०११ को एकदिवसीय विश्वकपमा सबैभन्दा बढी विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण भारतलाई २८ वर्षपछि एकदिवसीय विश्वकप जितेको थियो ।

पूर्व बायाँ हाते फास्ट बलर जहीर खान बललाई दुबैतर्फ स्विङ गराउनका लागि परिचित छन् । उनी कपिल देवपछि टेस्ट क्रिकेटमा भारतका दोस्रो सबैभन्दा सफल बलर हुन् ।

जाहीर खानले भारतका लागि ९२ टेस्ट, २०० एकदिवसीय र १७ टी–२० खेल खेलेका छन् । उनले आईपीएलमा १०० खेल खेलिसकेका छन् । यी खेलमा उनले आफ्नो नाममा कुल १०२ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि, जाहीर खान लामो समय आइपिएल टिम मुम्बई इन्डियन्ससँग आवद्ध थिए । उनले मुम्बई इण्डियन्समा क्रिकेट निर्देशकको रूपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो