2026-09-19 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

के विश्व फुटबलमा रोनाल्डो र मेसीको ‘इरा’ सकिएको हो ?

भदौ २१, काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको इरा सकिएको विश्लेषण शुरु भएको छ ।

हालै विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अर अवार्डको मनोनयन सार्बजनिक हुदा सो सूचीमा रोनाल्डो र मेसीको नाम नभएपछि अब दुवैको २१ बर्ष लामो विश्व फुटबलमा दबदबा अन्त्य भएको विश्लेषण हुन थालेको हो । 

विश्व फुटबलका पछिल्ला २१ बर्षमा पहिलो पटक बेलुन डो अरको मनोनयनमा रोनाल्डो र मेसी छैनन् । २००३ देखि यता पहिलो पटक रोनाल्डो र मेसी दुवै जना एकै पटक बेलुन डो अरको मनोनयनमा नपरेका हुन् ।

मेसीले अहिलेसम्म सबैभन्दा बढी ८ पटक बेलुन डो अर उपाधि जितेका छन् । मेसीले अघिल्लो बर्षनै अन्तिम पटक यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । रोनाल्डोले पछिल्लो पटक यो अवार्ड २०१७ मा जितेका थिए । 

गत बर्ष दुवैले पहिलो पटक युरोपियन फुटबलबाट बाहिरिएका थिए । २०२३ को जनवरीमा रोनाल्डो साउदी प्रो लिगमा गएका थिए भने २०२३ को जुनमा मेसी अमेरिकन लिग खेल्न इन्टर मियामी पुगे ।

अहिले साउदी प्रो लिगमा रोनाल्डो र अमेरिकन लिगमा मेसी रमाइरहेका  छन् । रोनाल्डोले गत बर्ष ५० गोल गरे भने मेसीले इन्टर मियामीलाई अहिलेसम्मकै पहिलो लिग कप जिताए ।

३९ बर्षिय रोनाल्डो अहिले पनि अल नासर र राष्ट्रिय टिम पोर्चुगलका लागि सक्रिय रुपमा खेलिरहेका छन् । त्यस्तै मेसी भने इन्जुरिका कारण अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो