२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमान र क्यानडासँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

२०८१, २५ भाद्र मंगलवार ०२:४५

भदौ २५, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ ।  क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । 

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ ।

टी-२० टिमबाट बाहिर रहेका भीम, आरिफ र अर्जुन एकदिवसीय टिममा फर्किएका छन् । नेपालले भदौ ३१ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ । क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ ।  नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ । त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ ।

नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित