१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

२७ भाद्र २०८१, बिहीबार ०९:१५

भदौ २७, काठमाडौँ । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेल तालिका सार्वजनिक भएको छ। नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने यस लिगमा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा सुरु हुनेछन् । 

नेपालले आफ्नो पहिलो खेल २७ अक्टोबरमा अमेरिकाविरुद्ध खेल्नेछ भने दोस्रो खेल २९ अक्टोबरमा स्कटल्यान्डसँग हुनेछ। त्यसपछि तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग र अन्तिम खेल ४ नोभेम्बरमा स्कटल्यान्डसँग हुनेछ।लिग-२ पछि यी तीन टोलीबीच टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि हुने भएको छ। 


नेपाली टोली मंगलबार राति लिग–२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न क्यानडातर्फ गइसकेको छ। तर, नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटाले भिसा आवेदन ढिला गरेकाले टोलीसँग जान पाएका छैनन्।

लिग-२ अन्तर्गत नेपालले क्यानडामा १६ र २२ सेप्टेम्बरमा क्यानडासँग खेल्नेछ भने १८ र २४ सेप्टेम्बरमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ। नेपालले २८ सेप्टेम्बरमा क्यानडा, २९ सेप्टेम्बरमा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका छ।

क्यानडामा हुने यी खेलहरू पछि नेपाली टोली अमेरिका जानेछ र अमेरिकामा लिग–२ को प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव