2026-09-19 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक

भदौ २७, काठमाडौँ । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेल तालिका सार्वजनिक भएको छ। नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने यस लिगमा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १० : १५ मा सुरु हुनेछन् । 

नेपालले आफ्नो पहिलो खेल २७ अक्टोबरमा अमेरिकाविरुद्ध खेल्नेछ भने दोस्रो खेल २९ अक्टोबरमा स्कटल्यान्डसँग हुनेछ। त्यसपछि तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग र अन्तिम खेल ४ नोभेम्बरमा स्कटल्यान्डसँग हुनेछ।लिग-२ पछि यी तीन टोलीबीच टी-२० अन्तर्राष्ट्रिय सिरिज पनि हुने भएको छ। 

नेपाली टोली मंगलबार राति लिग–२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्न क्यानडातर्फ गइसकेको छ। तर, नेपालका कन्सल्टेन्ट प्रशिक्षक जगत टमाटाले भिसा आवेदन ढिला गरेकाले टोलीसँग जान पाएका छैनन्।

लिग-२ अन्तर्गत नेपालले क्यानडामा १६ र २२ सेप्टेम्बरमा क्यानडासँग खेल्नेछ भने १८ र २४ सेप्टेम्बरमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ। नेपालले २८ सेप्टेम्बरमा क्यानडा, २९ सेप्टेम्बरमा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका छ।

क्यानडामा हुने यी खेलहरू पछि नेपाली टोली अमेरिका जानेछ र अमेरिकामा लिग–२ को प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो