2026-10-31 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउथीले राजीनामा दिएपछि लाथम बने न्यूजील्याण्डको टेस्ट कप्तान

असोज १६, काठमाडौँ । न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथीले राजीनामा दिएका छन् । न्यूजील्याण्ड क्रिकेट बोर्डले साउथीले राजीनामा दिएको जानकारी दिएको हो ।

राजीनामा दिदै साउथीले भनेका छन्- ‘मैले टोलीको हितमा कप्तानी छोड्ने निर्णय गरेको छु । न्युजिल्यान्डको कप्तान मेरा लागि विशेष रह्यो । मैले मेरो करियरमा सधैं टोलीलाई प्राथमिकता दिएको छु र मलाई विश्वास छ कि यो निर्णय टोलीको लागि सही छ। अब म आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छु र टोलीलाई राम्रो सेवा दिन सक्छु ।

केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएपछि ३५ वर्षीय साउथीले उक्त पद सम्हालेका थिए । उनले १४ टेस्ट खेलमा न्यूजील्याण्डको नेतृत्व गरेका थिए । जसमा ६ खेलमा जित, ६ हार र २ खेल बराबरीमा गरेका छन् ।

हालै श्रीलंका भ्रमणमा गएको न्युजिल्याण्डको टोलीले टेस्ट सिरिज २-० ले हार बेहोरेको थियो ।

टिम साउथीले राजीनामा दिएपछि न्यूजिल्याण्ड क्रिकेटले नयाँ कप्तानको घोषणा गरेको छ । नयाँ कप्तानमा टम लाथम नियुक्त भएका छन् । ओपनिङ ब्याट्सम्यानले यसअघि पनि टिमको कप्तानी गरिसकेका छन् । उनले ९ खेलमा ब्ल्याक क्याप्सको कप्तानी गरेका छन् । अब उनले भारत भ्रमणमा टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको टेष्ट शृंखला अक्टोबर १६ बाट सुरु हुँदैछ । पहिलो खेल बैंगलोरमा हुनेछ । यस सिरिजको दोस्रो र तेस्रो खेल क्रमशः २४ अक्टोबर (पुणे) र १ नोभेम्बर (मुम्बई) मा हुनेछ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दृष्टिकोणले दुवै टोलीका लागि यो शृङ्खला महत्त्वपूर्ण छ । भारत ७४.२४ अंकको साथ शीर्ष स्थानमा छ भने न्यूजील्याण्डको ३७.५० अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ