2026-09-19 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउथीले राजीनामा दिएपछि लाथम बने न्यूजील्याण्डको टेस्ट कप्तान

असोज १६, काठमाडौँ । न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथीले राजीनामा दिएका छन् । न्यूजील्याण्ड क्रिकेट बोर्डले साउथीले राजीनामा दिएको जानकारी दिएको हो ।

राजीनामा दिदै साउथीले भनेका छन्- ‘मैले टोलीको हितमा कप्तानी छोड्ने निर्णय गरेको छु । न्युजिल्यान्डको कप्तान मेरा लागि विशेष रह्यो । मैले मेरो करियरमा सधैं टोलीलाई प्राथमिकता दिएको छु र मलाई विश्वास छ कि यो निर्णय टोलीको लागि सही छ। अब म आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छु र टोलीलाई राम्रो सेवा दिन सक्छु ।

केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएपछि ३५ वर्षीय साउथीले उक्त पद सम्हालेका थिए । उनले १४ टेस्ट खेलमा न्यूजील्याण्डको नेतृत्व गरेका थिए । जसमा ६ खेलमा जित, ६ हार र २ खेल बराबरीमा गरेका छन् ।

हालै श्रीलंका भ्रमणमा गएको न्युजिल्याण्डको टोलीले टेस्ट सिरिज २-० ले हार बेहोरेको थियो ।

टिम साउथीले राजीनामा दिएपछि न्यूजिल्याण्ड क्रिकेटले नयाँ कप्तानको घोषणा गरेको छ । नयाँ कप्तानमा टम लाथम नियुक्त भएका छन् । ओपनिङ ब्याट्सम्यानले यसअघि पनि टिमको कप्तानी गरिसकेका छन् । उनले ९ खेलमा ब्ल्याक क्याप्सको कप्तानी गरेका छन् । अब उनले भारत भ्रमणमा टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको टेष्ट शृंखला अक्टोबर १६ बाट सुरु हुँदैछ । पहिलो खेल बैंगलोरमा हुनेछ । यस सिरिजको दोस्रो र तेस्रो खेल क्रमशः २४ अक्टोबर (पुणे) र १ नोभेम्बर (मुम्बई) मा हुनेछ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दृष्टिकोणले दुवै टोलीका लागि यो शृङ्खला महत्त्वपूर्ण छ । भारत ७४.२४ अंकको साथ शीर्ष स्थानमा छ भने न्यूजील्याण्डको ३७.५० अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ