मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ । 

डोटीको कपल्लेकीमा बिहिबार सम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ । 

डोटीको कपल्लेकीमा बिहिबार सम्प"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि सुजंगलाई

२०७३, १० मंसिर शुक्रबार ०२:२५


मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ । 

डोटीको कपल्लेकीमा बिहिबार सम्पन्न उच्च प्रतिस्पर्धात्मक फाईनल खेलमा डडेल्धुरालाई ३–२ सेट अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको पहिलो सेटमा २५–१९ ले डडेल्धुराले सहज जित निकाल्यो । 

सो खेलमा डडेल्धुराले निकै उत्कृष्ट प्रदर्शन गर्दा सुजंग कमजोर देखिएको थियो । सेटमा सुरुवातदेखी नै अग्रता लिएको डडेल्धुराले अन्तमा जित निकाल्यो । यस्तै दोस्रो सेटमा सुजंगले जवाफी हमला गर्दै २५–१८ को नतिजाले सेट कब्जामा पा¥यो । तेस्रो सेटलाई २५–१७ को नतिजामा डडेल्धुराले आफ्नो कब्जामा पा¥यो र खेलको जित नजिक पुग्यो । 

तर, चौथो सेटमा एकाएक उत्कृष्ट प्रदर्शन गर्दै सुजंगले २५–११ को नतिजाका आधारमा सेट आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा ल्यायो । त्यसपछि खेलको नतिजाका लागि अन्तिम सेटपनि खेल्नुपर्ने भयो । अन्तिम सेट १५ प्वाईन्टको निर्धारण गरिदा सुरुवाती अग्रता डडेल्धुरा निकाल्न सफल भयो । 

तर, एकाएक सुजंग खेलमा फर्कदै प्रतिस्पर्धामा आउन सफल भयो । सोही क्रमलाई अगाडी बढाउदै सुजंगले १५(१३ ले आफ्नो पक्षमा पा¥यो । जितसंगै सुजंगले नगद एक लाख ५१ हजार रुपैँया र टूफि जितेको छ । उपविजेतामा चित्त बुझाएको डडेल्धुराले ५१ हजार नगद र टूफि जित्यो । 

प्रतियोगिताको उत्कृष्ठ खेलाडी नेपाली सेनाको सुदूरपश्चिम पृतनाका महेश लुहार घोषित भए । यस्तै उत्कृष्ठ स्पाईकर डडेल्धुराका संगम बुढाथोकी र उत्कृष्ठ डिफेण्डरमा सुजंगका ईस्तखार घोषित भए । उनीहरु तिनैजनाले जनही ५÷५ हजार प्राप्त गरे । 

यसअघि बिहिबारै सम्पन्न भएको दोस्रो सेमीफाईनल खेलमा डडेल्धुराले नेपाली सेनाको सुदूरपश्चिम पृतनाको टिमलाई २५(२२, २२(२५, २०(२५, २५(२३ र १५(१३ को नतिजामा पराजित गर्दै फाईनल प्रबेश गरेको थियो । 

यस्तै बिहिबारै आयोजक कपल्लेकी यूबा समाज र नेपाल पत्रकार महासंघ÷डोेटी उद्योग बाणिज्य संघ बिचमा मैत्रीपूर्ण खेल भएको थियो जसमा पत्रकार तथा उद्योग बाणिज्य संघको टिम बिजयी भयो । मंसिर ६ गतेबाट शुरु भएको प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताभर जम्मा १९ वटा खेलहरु भए । 

प्रतियोगिताको समापन नेपाली कांग्रेसका नेता योगेन्द्रबहादुर शाहीले गरेका छन् । समापन कार्यक्रममा बोल्दै शाहिले खेलकुदको विकासका लागि आफु जहिले पनि पछाडी नहट्ने समेत बताए । अहिले झुटा आश्वासन र कोरा भाषणले विकास नहुने समेत शाहिको भनाई थियो । कार्यक्रमको अध्यक्षता कपल्लेकी युवा समाजका अध्यक्ष दिपक बोगटीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना