मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ । 

डोटीको कपल्लेकीमा बिहिबार सम्प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ । 

डोटीको कपल्लेकीमा बिहिबार सम्प"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि सुजंगलाई

१० मंसिर २०७३, शुक्रबार ०२:२५


मङ्सिर १०, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिताको उपाधि दिपायलको सुजंग उच्च माविको टिमले जितेको छ । 

डोटीको कपल्लेकीमा बिहिबार सम्पन्न उच्च प्रतिस्पर्धात्मक फाईनल खेलमा डडेल्धुरालाई ३–२ सेट अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको पहिलो सेटमा २५–१९ ले डडेल्धुराले सहज जित निकाल्यो । 

सो खेलमा डडेल्धुराले निकै उत्कृष्ट प्रदर्शन गर्दा सुजंग कमजोर देखिएको थियो । सेटमा सुरुवातदेखी नै अग्रता लिएको डडेल्धुराले अन्तमा जित निकाल्यो । यस्तै दोस्रो सेटमा सुजंगले जवाफी हमला गर्दै २५–१८ को नतिजाले सेट कब्जामा पा¥यो । तेस्रो सेटलाई २५–१७ को नतिजामा डडेल्धुराले आफ्नो कब्जामा पा¥यो र खेलको जित नजिक पुग्यो । 

तर, चौथो सेटमा एकाएक उत्कृष्ट प्रदर्शन गर्दै सुजंगले २५–११ को नतिजाका आधारमा सेट आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा ल्यायो । त्यसपछि खेलको नतिजाका लागि अन्तिम सेटपनि खेल्नुपर्ने भयो । अन्तिम सेट १५ प्वाईन्टको निर्धारण गरिदा सुरुवाती अग्रता डडेल्धुरा निकाल्न सफल भयो । 

तर, एकाएक सुजंग खेलमा फर्कदै प्रतिस्पर्धामा आउन सफल भयो । सोही क्रमलाई अगाडी बढाउदै सुजंगले १५(१३ ले आफ्नो पक्षमा पा¥यो । जितसंगै सुजंगले नगद एक लाख ५१ हजार रुपैँया र टूफि जितेको छ । उपविजेतामा चित्त बुझाएको डडेल्धुराले ५१ हजार नगद र टूफि जित्यो । 

प्रतियोगिताको उत्कृष्ठ खेलाडी नेपाली सेनाको सुदूरपश्चिम पृतनाका महेश लुहार घोषित भए । यस्तै उत्कृष्ठ स्पाईकर डडेल्धुराका संगम बुढाथोकी र उत्कृष्ठ डिफेण्डरमा सुजंगका ईस्तखार घोषित भए । उनीहरु तिनैजनाले जनही ५÷५ हजार प्राप्त गरे । 

यसअघि बिहिबारै सम्पन्न भएको दोस्रो सेमीफाईनल खेलमा डडेल्धुराले नेपाली सेनाको सुदूरपश्चिम पृतनाको टिमलाई २५(२२, २२(२५, २०(२५, २५(२३ र १५(१३ को नतिजामा पराजित गर्दै फाईनल प्रबेश गरेको थियो । 

यस्तै बिहिबारै आयोजक कपल्लेकी यूबा समाज र नेपाल पत्रकार महासंघ÷डोेटी उद्योग बाणिज्य संघ बिचमा मैत्रीपूर्ण खेल भएको थियो जसमा पत्रकार तथा उद्योग बाणिज्य संघको टिम बिजयी भयो । मंसिर ६ गतेबाट शुरु भएको प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताभर जम्मा १९ वटा खेलहरु भए । 

प्रतियोगिताको समापन नेपाली कांग्रेसका नेता योगेन्द्रबहादुर शाहीले गरेका छन् । समापन कार्यक्रममा बोल्दै शाहिले खेलकुदको विकासका लागि आफु जहिले पनि पछाडी नहट्ने समेत बताए । अहिले झुटा आश्वासन र कोरा भाषणले विकास नहुने समेत शाहिको भनाई थियो । कार्यक्रमको अध्यक्षता कपल्लेकी युवा समाजका अध्यक्ष दिपक बोगटीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो