११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

३० मंसिर २०७३, बिहीबार ०४:३२

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् ।

सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाएको छ । “मङ्सिर २२ देखि २८ गतेसम्म यहाँ २१ वटा खेलका खेलाडी छनौट गरिएको थियो”, सुदूरपश्चिम क्षेत्रीय समितिका कार्यालय प्रमुख प्रेम मल्लले रासससित भन्नुभयो–“यहाँबाट छनौट भएका खेलाडीको नामावली सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयमा पठाइनेछ ।” 

उहाँले सातौँ राष्ट्रिय खेलकुदमा खेलाडी र अफिसियल गरेर ६ सय चारजना सुदूरपश्चिमबाट सहभागी हुने जानकारी दिनुभयो । सुदूरबाट क्रिकेट, बक्सिङ, भलिबल, हक्की, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, खोखो, एथ्लेटिक्स, भारोत्तोलन लगायतका खेलका खेलाडी छनौट भएका छन् । “समूहगतबाट खेलाडी छनौट गर्न छनौट समितिसमेत बनाएका थियौँ”, क्षेत्रीय कार्यालय प्रमुख मल्लले भन्नुभयो । 

राष्ट्रिय खेलकुद परिषद्ले सुदूरपश्चिममा खेलाडी छनौटका लागि रु एक करोड ७४ लाख रकम पठाएको समेत क्षेत्रीय समितिले जनाएको छ । यहाँको कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ र बाजुरा जिल्लामा क्षेत्रीय खेलाडी छनौट गरिएको थियो । 

त्यसैगरी, सातौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई आवतजावत गर्न बस भाडासँगै खेल पोसाक र प्रतियोगिताका बेला प्रतिदिन रु एकहजार चारसय भत्तासमेत दिने व्यवस्था मिलाइएको मल्लले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु