११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिसि अन्डर १९ क्रिकेट: श्रीलंकाद्वारा नेपाल १ रनले पराजित

३० मंसिर २०७३, बिहीबार ११:३०

मङ्सिर ३०, काठमाडौँ | श्रीलंकामा जारी एसिसि अन्डर १९ क्रिकेट प्रतियोगीतामा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ | 

यु-१९ एसिया कपको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल १ रनले पराजित भएको हो । आयोजक श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा १२६ रन बनाउँदै अल आउट भएपछि सम्मानजनक हार बेहोर्न बाध्य भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रन बनाए । उनले नौ चौका र एक छक्का हाने । अन्त्यसम्म टिकेर खेल पर्दर्शन गरेका एरी अन्तिम ३ बल बाँकी छँदा आउट बनेपछि नेपालले जित्नै लागेको खेल अप्रत्यासित श्रीलंकाको पोल्टामा परेको हो | 

पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको नेपालका सन्दिप सुनार ८ बलमा २ रन, आशिफ शेख ६ बलमा एक रन, भिम सार्की १६ बलमा ८ रन, आदिल खान ६९ बलमा ३९ रन, प्रकाश केसीले २३ बलमा १४ रन, सुवर्णकार उरावले ६४ बलमा ४० रन बनाए । पवन सर्राफ पहिलो बलमै एलबिडब्लु आउट भए । यस्तै कमल सिंह ऐरीले ९ बलमा ९ रन बनाए । सन्दिप लामिछाने ३ बलमा १ रन बनाएर रन आउट भए । 

श्रीलंकाका कामिन्दु मेन्डिसले तीन, अशेन बान्डारा, जेहन ड्यानियल, निपुन रनसिका, दिलसान ग्यामेज र प्रविन जयबिक्रमाले एक एक विकेट लिए ।

श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाएका थिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । श्रीलंकाका असेन बान्दाराले ४७ बलमा ४८ रन, क्रिशन आर्चचिग्गेले ४७ बलमा २८ रन बनाए । रविनले ३७ बल खेलेर १९ रन बनाए ।

नेपालका कमल सिंहले ३ विकेट लिए । यस्तै पवन सर्राफले दुई र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु