पुस ३, काठमाडौँ । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ३, काठमाडौँ । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।&nb"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसिया कप क्रिकेटः नेपालद्वारा मलेसिया एक विकेटले पराजित

२०७३, ३ पुष आईतवार १२:१०

पुस ३, काठमाडौँ । एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ । 

कोलम्बोमा भएको खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले ४४.४ ओभर खेल्दै पूरा ग¥यो । जितका लागि अनिल साहले ३२, अभिनाश कर्णले २५ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान गरे । त्यसैगरी, पवन सर्राफ २९ र कप्तान सन्दिप लामिछाने ३ रनमा अविजित रहँदै खेल जिताउन महत्वपूर्ण योगदान गरे । 

मलेसियाका विरनदीप सिंहले ३, मोहम्मद हाफिज, मोहम्मद आमिर र सेयद आजिदले समान २ विकेट लिएका लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल तयार गरेको थियो । मलेसियाका ब्याट्सम्यान वीरनदीप सिंहले सर्वाधिक ७५ रनको योगदान दिए । १२० बल खेलेका सिंहले सात चौका प्रहारको मद्दतमा ७५ रन जोडेका हुन् । 

त्यसैगरी, मलेसियाका अर्का ब्याट्सम्यान मोहम्मद हसिफ २१ तथा सेफ उल्लाह मलिकले ११ रन जोडे । बलिङतर्फ नेपालका अदिल खान एक्लैले तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई÷दुई विकेट लिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह