बाग्लुङ  । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बाग्लुङ  । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ "/>
११ माघ २०८२, शनिबार
खेलकुद

आइटिएफ खेलाडी नगदसहित सम्मानित

१५ पुष २०७३, शुक्रबार ०६:१७

बाग्लुङ  । राष्ट्रिय प्रतियोगितामा सहभागी भै पदक जित्ने आइटिएफ तेक्वान्दोका खेलाडीहरुलाई बिहीबार बागलुङमा सम्मान गरिएको छ । सातौ राष्ट्रिय खेलकुदको आइटिएफ तेक्वान्दोमा पश्चिमाञ्चलबाट सहभागी बागलुङका ७ खेलाडीहरुले विभिन्न ८ पदक जितेका थिए ।

प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय तथा स्थानिय बिकास अधिकारी    राम प्रसाद आचार्यले खेलाडीहरुलाई सम्मान गर्दै शुभ कामना व्यक्त गरे । उनीहरुले  जिल्लाको सिमित श्रोत साधन अनि खेलाडीहरुको व्यक्तिगत प्रयासबाट प्राप्त उपलब्धी महत्वपूर्ण रहेको बताउदै खेलकुद क्षेत्रको बिकासका लागी सरकारी लगानी कम     रहेको अवस्थामा आफुहरुले सक्ने सम्मको सहयोग र समन्वय गरी उपयुक्त वातावरण निर्माण गर्नको लागि तयार रहेको बताए । जिल्लाको खेलकुद विकास हुन सकेमा जिल्लाले राष्ट्रिय स्तरका अन्य खेलकुदमा समेत राम्रो नजिता ल्याउन र जिल्लालाई चिनाउको लागि सफल हुने भन्दै खेलाडीले आगामी दिनमा पनि कुशल प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।सो अवसरमा बागलुङ आइटिएफ तेक्वान्दो संघबाट पूर्व घोषणा गरिएको नगद १० हजार स्वर्ण पदक बिजेता दिनेश बुढालाई प्रजिअ पाण्डेयले हस्तान्तरण गरे । बुढाले पुरुष तर्फको ५५–६० केजीको    स्पायरिङमा स्वर्ण पदक जितेका थिए । आर्मि क्लबबाट सहभागी भै महिला तर्फको ६५–७० केजी स्पायरिङमा स्वर्ण बिजेता बागलुङकी बसन्ति बुढालाई समेत सम्मान गरिएको थियो ।सो अवसरमा ५ रजत पदक बिजेता शर्मिला महत, दिपक गौतम, रितु अधिकारी र उमिशा घर्ति तथा २ काश्य पदक बिजेता शिव जि.शी र कामना पुनलाई केही दिनमा नगद पुरस्कार दिइने बागलुङ आइटिएफका अध्यक्ष सस बहादुर पुनले जानकारीगराएका थिए ।नेपाल आइटिएफका सस बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राजु खड्काले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह