पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इ"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म भारतलाई जित्न नसकेको नेपालका लागि फेरी अर्को परिक्षा

१७ पुष २०७३, आईतवार ०३:५१

पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इतिहाँसको अन्त्य गर्ने अवसर अब नेपालले सोमबार पाउँदैछ । 

दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत भएका दुई खेल र साफ वुमेन्स च्याम्पियनसिपका यस अघि भएका तीन फाइनल खेल गरि पाँच पटकसम्म नेपाललाई लगातार भारतले पन्छाउन सफल भएको छ । यो पटक सिलिगुडीमा जारि चौथो साफमा भने नेपालले उही प्रतिद्वन्द्वी भारतलाई फाइनलमा नभई सेमिफाइनलमै सामना गर्ने चुनौती खडा भएको छ । समूह 'ए' को शिर्ष स्थानमा रहेको नेपाल र समुह बी’को दोश्रो स्थानमा परेको भारतबीचको सोमबार हुने प्रतिष्पर्धा नेपाली तथा भारतीय महिला फुटबलका लागि निकै महत्वपूर्ण खेल मानिएको छ । 

चौथो साफको आयोजक समेत रहेको भारतले सनिबार बंगलादेशसँग भएको समुह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेको थियो । तर गोलका आधारमा बंगलादेश भारतभन्दा अब्बल बनेपछि नेपाल र भारतबीच सेमि फाइनलमै भिड्नुपर्ने भएको हो । 

यो पटकको खेलमा समुह बिजेता बन्दै नेपालले आफ्नो तीन खेलमा लगातार गोल बर्षा गरेको छ । नेपालले भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराउँदै आफुलाई बलियो सावित गरिसकेको छ । साफ वुमेन्स च्याम्पियनसिपको तीन खेलमा एक गोल पनि नखाएको नेपालले सोमबार कस्तो खेल्ला ? त्यो भने नेपालका लागि ठूलो परिक्षाको बिषय रहेको छ । उता भारतलाई पनि नेपालसामु खेल्नु निकै चुनौतीपूर्ण छ । भारतका महिला फुटबलरहरुले नेपाललाई हराउनका लागि पहिलो र दोश्रो खेलमा गोलको बर्षा गराएकि नेपाली खेलाडी सावित्रालाई रोक्ने कोसिस गर्नेछन् भने नेपालले पनि पाँच पटकसम्म लगातार हारको बदला लिनकै लागि सशक्त पर्दर्शन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह