पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इ"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म भारतलाई जित्न नसकेको नेपालका लागि फेरी अर्को परिक्षा

२०७३, १७ पुष आईतवार ०३:५१

पुस १७, काठमाडौं |  दक्षिण एसियाली खेलकुद (साग) होस् वा साफ वुमेन्स च्याम्पियनसिप फुटबल खेल नै किन नहोस् नेपालले लगातार भारतसँग हार्दै आएको इतिहाँस छ । यो इतिहाँसको अन्त्य गर्ने अवसर अब नेपालले सोमबार पाउँदैछ । 

दक्षिण एसियाली खेलकुद (साग) फुटबल अन्तर्गत भएका दुई खेल र साफ वुमेन्स च्याम्पियनसिपका यस अघि भएका तीन फाइनल खेल गरि पाँच पटकसम्म नेपाललाई लगातार भारतले पन्छाउन सफल भएको छ । यो पटक सिलिगुडीमा जारि चौथो साफमा भने नेपालले उही प्रतिद्वन्द्वी भारतलाई फाइनलमा नभई सेमिफाइनलमै सामना गर्ने चुनौती खडा भएको छ । समूह 'ए' को शिर्ष स्थानमा रहेको नेपाल र समुह बी’को दोश्रो स्थानमा परेको भारतबीचको सोमबार हुने प्रतिष्पर्धा नेपाली तथा भारतीय महिला फुटबलका लागि निकै महत्वपूर्ण खेल मानिएको छ । 

चौथो साफको आयोजक समेत रहेको भारतले सनिबार बंगलादेशसँग भएको समुह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेको थियो । तर गोलका आधारमा बंगलादेश भारतभन्दा अब्बल बनेपछि नेपाल र भारतबीच सेमि फाइनलमै भिड्नुपर्ने भएको हो । 

यो पटकको खेलमा समुह बिजेता बन्दै नेपालले आफ्नो तीन खेलमा लगातार गोल बर्षा गरेको छ । नेपालले भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराउँदै आफुलाई बलियो सावित गरिसकेको छ । साफ वुमेन्स च्याम्पियनसिपको तीन खेलमा एक गोल पनि नखाएको नेपालले सोमबार कस्तो खेल्ला ? त्यो भने नेपालका लागि ठूलो परिक्षाको बिषय रहेको छ । उता भारतलाई पनि नेपालसामु खेल्नु निकै चुनौतीपूर्ण छ । भारतका महिला फुटबलरहरुले नेपाललाई हराउनका लागि पहिलो र दोश्रो खेलमा गोलको बर्षा गराएकि नेपाली खेलाडी सावित्रालाई रोक्ने कोसिस गर्नेछन् भने नेपालले पनि पाँच पटकसम्म लगातार हारको बदला लिनकै लागि सशक्त पर्दर्शन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह