महेन्द्र केसी 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी 

<"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाँचौ पर्वत महोत्सवमा पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिता हुने

२०७३, १७ पुष आईतवार ०४:४६

महेन्द्र केसी 

पर्वत । पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव २०७३ मा पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । अञ्चलस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगगिता महोत्सवमा संचालन हुने पाँचौ पर्वत महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

महोत्सवमा भलिब प्रतियोगिताको विजेताले १ लाख १ सय ११, द्धितियले ५० हजार १ सय ११ पाउनेछन् । साथै प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने २ समुहले २० हजार १ सय ११ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क ५ हजार तय गरिएको छ । 

त्यस्तै महोत्सवमा खुल्ला रत्यौली प्रतियोगिता समेत हुनेछ । समाजमा रहेका रितिरिवाज तथा स्थानीय सस्कृतिको संरक्षण र जर्गेना गर्ने उदेश्यले रत्यौली प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा हुने रत्यौली प्रतियोगितामा विजेता हुने समुहले १२ हजार नगद प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ८ हजार, तृतीयले ५ हजार प्राप्त गर्नेछ भने दर्ता शुल्क १ हजार तोकिएको छ । रत्यौली प्रतियोगितामा भाग लिने समुहमा प्रति समुह १० जनाभन्दा माथि हुन नपाउने आयोजकले जनाएको छ । 

त्यसैगरी महोत्सवमा बालप्रतिभाको प्रस्फुटन गराउनको लागि खुल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ । जसमा विजेता हुनेले १० हजार, द्धितियले ७ र तृतीयले ४ हजार नगद प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा भाग लिने सहभागी समुह वा विद्यालयले दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

महोत्सवमा छेलो प्रतियोगिता, स्थानीय भेषभुषा तथा झाँकी, शैक्षिक, कृषि प्रदर्शनी हुनेछन् । माघ १३ देखि २२ गतेसम्म १० दिन संचालन हुने पर्वत महोत्सवमा साहसिक पर्यटनमा सहभागी हुन तथा अग्ला र लामा पुल, यान्त्रिक पुल, गुफाहरु, सह्रस्रधारा लगायतका पर्यटकीय स्थलहरु हेर्न चाहनेहरुका लागि आयोजकले प्याकेजमै अवलोकन गराउने व्यवस्था समेत मिलाएको जनाएको छ । पर्वत उद्योगा बाणिज्य संघले महोत्सवलाई सफल बनाउनको लागि ४६ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ । उपसमितिले आ–आफ्नो काम तीव्रगतिमा गरिरहेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए ।

महोत्सवको उद्घाटनको अवसरमा प्याराग्लाइडिङबाट पुष्पबृष्टि गरिने मूल आयोजक समितिले जनाएको छ । साथै प्याराग्लाइड गर्न चाहनेहरुलाई दुर्लुङदेखि कुश्मासम्म यात्रा गर्न सकिने व्यवस्था मिलाइएको पर्वत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले जानकारी दिए । 

कालीगण्डकीमा हुने साहसिक जलयात्रालाई प्रोत्साहन गर्न महोत्सवको पूर्वसन्ध्यामा कालीगण्डकी सरसफाई अभियान राखिएको र महोत्सव अवधिभर इच्छुक जो कोही पनि महोत्सवको सचिवालयमा सम्पर्क राखी जलयात्रा गर्न सक्ने प्रबन्ध मिलाइएको उनको तर्क छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता