पुस २४, धनगढी । धनगढीमा जारी प्रथम अन्तराष्टिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत आईतवार भएको खेलमा आयोजक सुदूरपश्चि ११ स्पोर्टस क्लव बिजयी भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २४, धनगढी । धनगढीमा जारी प्रथम अन्तराष्टिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकप अन्र्तगत आईतवार भएको खेलमा आयोजक सुदूरपश्चि ११ स्पोर्टस क्लव बिजयी भएको "/>

१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको पञ्जाब एफसीलाई ५–० गोल पराजित गर्दै सुदूरपश्चिम ११ सेमिफाईनलमा प्रवेश

२४ पुष २०७३, आईतवार १५:२५


दिनेश ठकुल्ल । पुष २४, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, वाई पाएर क्वाटरफाइनलमा पुगेको घरेलु टोलीले आज भारतको पञ्जाब एफसीलाई ५–० गोल अन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो टिम आयोजक सुदूरपश्चिम–११ नै बनेको छ । धनगढी स्थित क्षेत्रीय रङ्गशालामा भएको रोमाञ्चक खेलमा आयोजक टिम खेल अवधिभरी नै पञ्जाबमाथि हावी भएको थियो । घरेलु टिमले पहिलो हाफमा ३ र दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । खेल मैदानमा खचाखच भरिएका घरेलु दर्शकको साथ पाएको आयोजक सुदूरपश्चिम–११ ले मनिराम चौधरी (म्याक्स) को गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको १४ औं मिनेटमा नै चौधरीले गोल गर्नु भएको थियो । पहिलो हाफकै ३८ औं मिनेटमा सुमित दुवेले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । ४३ औं मिनेटमा मनिराम चौधरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै आफ्ना समर्थकको मन जित्नुभयो ।

मध्यान्तरपछिको ५९ औं मिनेटमा थप एक गोल गर्दै चौधरीले ह्याट्रिक पूरा गर्नुभयो । उहाँ म्यान अफ द म्याच घोषित भइ पुरस्कृत समेत हुनुभयो । निर्धारित समय सकिएपछि थप भएको अतिरिक्त समयको पहिलो मिनेटमा प्रणय अञ्जानले गोल गर्दै विपक्षी टिमलाई स्तब्ध पार्नुभयो । खेलमा सुदूरपश्चिम–११ सामू निरीह देखिएको पञ्जाब एफसीले केहि मौका भने नपाएको होईन । सो टिमले पाएको मौकालाई गोलमा परिणत गर्न सकेन । यसअघि, नेपालगञ्ज–११ विरुद्ध राम्रो खेल प्रदर्शन गरेका पञ्जाब एफसीका खेलाडीहरु घरेलु टिम विरुद्ध निरीह भएका थिए । उक्त टिमका खेलाडीहरु आत्तिएर मैदानमै अपशब्द प्रयोग गर्ने जस्ता व्यवहार देखाइरहेका थिए । अपशब्द बोलेकै कारण रेफ्रीले भारतका एक खेलाडीलाई पहेलो कार्ड देखाउनु भएको थियो ।

प्रतियोगितामा भोली पहिलो खेल सङ्कटा र जगदम्बा लुम्बिनीबीच र दोस्रो खेल पोखराको सहारा युवा क्लब र दिल्ली युनाइटेडबीच हुने आयोजकले जानकारी दिएको छ । माघ १ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले नगद पाँच लाख र उपविजेताले दुई लाख ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन