१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर गोल्डकप चौथो संस्करण माघ अन्तिम साता देखि सुरु हुने

२९ पुष २०७३, शुक्रबार ०२:२९

अजयकुमार साह/पुस २९, उदयपुर । उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिलेसदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि गोल्डकप माघ २७ देखि फागुन ५ गतेसम्म संचालन हुने जानकारी दिएको छ ।

‘गोल्डकपमा ए डिभिजनका ७ वटा क्लब र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता माघ ५ गते सम्म संचालन हुने आयोजक समितिका संयोजक किरण राईले जानकारी दिनुभयो ।

गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरीएको छ  । नक आउटको आधारमा खेलाईने गोल्डकप संचालनको लागि करिव ३८ लाखको आय व्यय प्रस्तुत गरिएको थियो ।

गोल्डकप विजेतालाई एक लाख ५० हजार र उपविजेतालाई एकलाख नगद राशी र शिल्ड प्रदान गरिने छ । २०६८ सालमा सुरु गरिएको गोल्डकप स्थानीय विद्यालयमा तेस्रो संस्करण सम्म संचालन गरिएकोमा यस बर्ष आफ्नै रंगशालामा संचालन हुने भएको छ । जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा गोल्ड कप फुटवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह