पर्वत । यहि माघ १३ देखि २२ गतेसम्म संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । यहि माघ १३ देखि २२ गतेसम्म संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँ"/>
१५ पुष २०८२, मंगलवार
खेलकुद

पाँचौ पर्बत महोत्सवमा फुटबल प्रतियोगिता हुने

४ माघ २०७३, मंगलवार ०५:४०

पर्वत । यहि माघ १३ देखि २२ गतेसम्म संचालन हुन लागेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवमा सेभेन ए साइट फुटबल प्रतियोगिता हुने भएको छ । महोत्सव शुरु हुनको लागि अब केहि दिन बाँकी छ । महोत्सवको प्रचारप्रसार तथा महोत्सवको लागि आवश्यक स्टल तथा स्टेज बनाउने कार्य तिब्र रुपमा भैराखेको छ ।


यसैविच आयोजकले महोत्सवलाई खेलकुदमय बनाउनको लागि धौलागिरी अंचल भित्र छरिएर रहेका खेलाडीहरुको आफ्नो खेलको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ सेभेन ए साइट फुटबल प्रतियोगिता गर्ने भएको छ । उसो त महोत्वमा पश्चिमाञ्चल जिल्ला स्तरीय भलिबल प्रतियोगिताको आयोजना समेत हुनेछ । तर महोत्सवलाई भलिबलमा मात्रै सिमित नराखि आयोजकले फुटबल प्रतियोगिता समेत गरेर महोत्सवलाई थप रोमाञ्चक बनाउने भएको छ ।


कुश्मामा खेलमैदानको अभाब हुदा हुदै पनि खेलाडीहरुको मनोबल उच्च राख्नको लागि र आगामी दिनमा खेलमैदानको पहल गर्नेका लागि पनि खेल आयोजना गर्न लागिएको महोत्सव आर्थिक संयोजक गोपी अधिकारीले बताए । उनका अनुसार सेभेन ए साइट फुटबल प्रतियोगिता माघ १८ देखि २२ गतेसम्म  चल्नेछ  जसको व्यवस्थापन संगित तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको गरेको छ ।


पाँचौ पर्वत महोत्सव आउनको लागि हप्तादिन मात्रै बाँकी रहदाँ जिल्लाको कुश्मा बजार दुलही सरह सिंगारिएको छ । महोत्सवलाई सफल तुल्याउनको लागि र सम्य र भव्य बनाउनको लागि तयारी तिब्र रुपमा चलिरहेको छ । 

महोत्सवमा पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगिता समेत हुनेछ । भलिबल प्रतियोगिताको विजेताले १ लाख १ सय ११, द्धितियले ५० हजार १ सय ११ पाउनेछन् । साथै प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने २ समुहले २० हजार १ सय ११ प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क ५ हजार तय गरिएको छ । 

त्यस्तै महोत्सवमा खुल्ला रत्यौली प्रतियोगिता समेत हुनेछ । समाजमा रहेका रितिरिवाज तथा स्थानीय सस्कृतिको संरक्षण र जर्गेना गर्ने उदेश्यले रत्यौली प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा हुने रत्यौली प्रतियोगितामा विजेता हुने समुहले १२ हजार नगद प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ८ हजार, तृतीयले ५ हजार प्राप्त गर्नेछ भने दर्ता शुल्क १ हजार तोकिएको छ । रत्यौली प्रतियोगितामा भाग लिने समुहमा प्रति समुह १० जनाभन्दा माथि हुन नपाउने आयोजकले साझासवाललाई बतायो ।

त्यसैगरी महोत्सवमा बालप्रतिभाको प्रस्फुटन गराउनको लागि खुल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता समेत आयोजना हुनेछ । जसमा विजेता हुनेले १० हजार, द्धितियले ७ र तृतीयले ४ हजार नगद प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा भाग लिने सहभागी समुह वा विद्यालयले दर्ता शुल्क ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

महोत्सवमा छेलो प्रतियोगिता, स्थानीय भेषभुषा तथा झाँकी, शैक्षिक, कृषि प्रदर्शनी हुनेछन् । माघ १३ देखि २२ गतेसम्म १० दिन संचालन हुने पर्वत महोत्सवमा साहसिक पर्यटनमा सहभागी हुन तथा अग्ला र लामा पुल, यान्त्रिक पुल, गुफाहरु, सह्रस्रधारा लगायतका पर्यटकीय स्थलहरु हेर्न चाहनेहरुका लागि आयोजकले प्याकेजमै अवलोकन गराउने व्यवस्था समेत मिलाएको जनाएको छ । पर्वत उद्योगा बाणिज्य संघले महोत्सवलाई सफल बनाउनको लागि ४६ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड समेत गरेको छ । उपसमितिले आ–आफ्नो काम तीव्रगतिमा गरिरहेको महोत्सव मूल आयोजक समितिले साझासवाललाई जानकारी दिएको छ ।

महोत्सवको उद्घाटनको अवसरमा प्याराग्लाइडिङबाट पुष्पबृष्टि गरिने चाँजोपाँजो मिलाइएको छ भने  याराग्लाइड गर्न चाहनेहरुलाई दुर्लुङदेखि कुश्मासम्म यात्रा गर्न सकिने व्यवस्था मिलाइएको  जनाइएको छ । 

कालीगण्डकीमा हुने साहसिक जलयात्रालाई प्रोत्साहन गर्न महोत्सवको पूर्वसन्ध्यामा कालीगण्डकी सरसफाई अभियान राखिएको र महोत्सव अवधिभर इच्छुक जो कोही पनि महोत्सवको सचिवालयमा सम्पर्क राखी जलयात्रा गर्न सक्ने प्रबन्ध मिलाइएको मूल आयोजकले सहारान्यूजलाई जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट