२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कमा एसिए क्रिकेट प्रतियोगिता सुरु

२०७३, १३ माघ बिहीबार १६:१६

माघ १३, अर्घाखाँची । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुख्य नाराका साथ अर्घाखाँची सामुदायीक विकास क्लव को मातहतमा अर्घाखाँची क्रिकेट एकेडेमीको अयोजनामा  आजदेखी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको टुडिखेलमा प्रथम एसिए क्रिकेट टुर्नामेन्ट क्रिकेट प्रतियोगिताको सुरु भएको छ । 

कार्यक्रमको उदघाटन गर्दै जिल्ला खेलकुद विकास समितीका अध्यक्ष सिद्धिप्रसाद भुसालले यस खेलकुदले जिल्लालाई क्रिकेट क्षेत्रमा अगाडी लैजान सहयोग पुग्ने बताउनुभयो । नेपालीको पहिचान अहिले खेलकुदबाट हुने भएकोले खेलाडीहरु अनुशासित भई सम्य रुपमा खेल्न आग्रह गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । 

उक्त क्रिकेट खेलमा १३ टिमको सहभागीता रहेको छ । 

जसमा आज उदघाटन सत्रमा आयोजक अर्घाखाँची एकेडेमी क्लव र सहारा शान्ती क्लव बिच खेल सुरु भएको हो । भोलीदेखी हुने खेलमा सौजन्य समाज किमडाँडा र नुवाकोट युवा क्लब, दुविचौर युवा क्लब र अडगुरी युवा क्लब, ठुलापोखरा युवा क्लब र फ्रेन्डस युथ क्लब, संयुक्त प्रगतिशिल युवा क्लब र सिद्धार्थ साथी सञ्जाल, सितापुर युवा क्लब र संघर्ष्शिल युवा क्लब बिच प्रतिष्पर्धा हुने भएको छ । 

प्रतियोगितामा प्रथम, द्रोस्रो, तेस्रोलाई क्रमश २० हजार, १५ हजार र १० हजारको पुरस्कार रहेको छ । कार्यक्रम क्लबका अध्यक्ष क्रषिकेश भट्टराईको अध्यक्षता र कमल विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह