१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण हुँदै

१५ माघ २०७३, शनिबार ०६:५६

माघ १५, गौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको फुटवल रङ्गशाला निर्माणकार्य सुरु भएको छ । 

जिल्ला सदरमुकामको मुटु मानिएको जलेश्वर नगरपालिका–५ मा अवस्थित जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिटेल प्रोजेक्ट रिर्पोट ‘डिपीआर’ गर्ने कार्य सुरु भएको छ । 

तराईको जिल्लामा अन्तर्राष्ट्रियस्तरको खेल गराउने खालका ग्राउन्डको कमी भएको बेलाजलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्न डिपिआर गर्ने काम सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । 

राष्ट्रिय खेलकुद परिषदद्वारा राष्ट्रिय योजनामा २०७३÷७४ मा जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटबल ग्राउन्ड निर्माण गर्ने प्रस्ताव पारित भइसकेको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर सञ्जीव पाठकले बताउनुभयो । 

उहाँका अनुसार जलेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको फुटवल ग्राउण्ड निर्माण गर्ने उद्देश्यका साथ रु १० लाख बजेट छुट्याएर डिपिआरको काम सुरु गरिएको हो । 

ग्राउन्डको डिपिआर गर्ने जिम्मा पाएका ‘कन्सलटेन्ट कम्पनी पावर इन्टरनेसनल विल्र्डस’ प्रालिका प्राविधिकले सो रङ्गशालामा आफ्नो प्रारम्भिक कामकाज सुरु गरिसकेको छ । कन्सलटेन्ट कम्पनीका प्रमुख तथा प्राविधिक प्रेमबहादुर बमले एक साताभित्रै टेम्पो म्यापसहितको पहिलो चरणको डिपिआरको काम सकेर राष्ट्रिय खेलकुद परिषदमा रिर्पोट बुझाइसक्ने बताउनुभयो । 

डिपीआर रिपोर्टबाट रङ्गशाला बनाउन लाग्ने लागत, थप आवश्यकपर्ने जग्गासहितको रिपोर्ट बुझाए लगतै रङ्गशाला निर्माणका लागि थप काम सुरु गरिने इन्जिनियर पाठकले बताउनुभयो । 

एक बिगाहा १० कठ्ठा क्षेत्रफल रहेको जलेश्वर रङ्गशालामा खेलको लागि पर्याप्त जग्गा भए पनि दर्शकका लागि थप जग्गा आवश्यक भएको इन्जिनियर पाठकले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै