२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा सांसद कप हुने

२०७३, २३ माघ आईतवार ०८:२२

दिनेश ठकुल्ला | माघ २३, धनगढी | कैलाली निर्वाचन क्षेत्र नम्वर ६ मा यस वर्षदेखि एमपी कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । फुटवल, भलिवल, क्रिकेट र उसु गरी चार खेलका एक हजारभन्दा बढी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने धनगढीमा पत्रकार सम्मेलन गर्दै यो जानकारी दिईएको हो । 

प्रतियोगिता फागुन ७ गतेदेखि सुरु हुनेछ । धनगढी उपमहानगरपालिका भित्र खेलाडी उत्पादन, व्यवसायिक खेलकुको विकास, गाउ गाउमा खेलकुदको विकास गर्नका लागि एमपी कप प्रतियोगिता सुरु हुन लागेको हो । कैलाली क्षेत्र नम्व्र ६ का सांसद पुष्करनाथ ओझाको संरक्षकत्व र पहलमा हुने प्रतियोगितामा उप महानगरपालिकाका २० वटै वडाका टीम तथा खेलाडीहरुलाई सहभागी गराईने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा प्रतियोगिताको सुरुवात गरेर वाकी रहेका खेलहरु त्यसपछि आयोजना गरिने सासद पुष्करनाथ ओझाले जानकरी दिनुभयो । 

 फुटवल, भलिवल, क्रिकेट र उसु गरी चार खेलका एक हजारभन्दा वढी खेलाडीले सहभागीता जनाउने छन । वडा वडाका खेलाडीहरु वीच हुने हुने प्रतियोगिता सञ्चालनका लागि वव्लुकुमार चौधरीको अध्यक्षतामा ५१ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ । ३५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि फुटवल खेलका लागि प्रकाश विष्ट, भलिवलको नारायणदत्त भट्ट, क्रिकेटको रतन कठायत र उसुको विष्णु चन्दलाई संयोजकको जिम्मा दिईएको छ । प्रतियोगिताको तयारी स्वरुप समिति गठन गरेर अगाडी वढिरहेको आयोजक समितीका संयोजक बब्लुकमुार चौधरीले जानकारी दिनुभयो । 

फुटवल भलिवल र क्रिकेटका २० वटै टीमका गरी एक खेलमा ३२० खेलाडी र उसुमा ३१ वटा तौल समुहमा १३० खेलाडीले भाग लिनेछन । प्रतियोगितालाई सम्पन्न गर्नका लागि आर्थिक संकलनको काम पनि सुरु गरिएको आर्थिक समितीका संयोजक योगेश मल्लले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह