अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

चौथो उदयपुर गोल्ड कप थरुहट रंगशालामा हुने

२५ माघ २०७३, मंगलवार ०५:४२


अजयकुमार साह/माघ २५, उदयपुर । जिल्लाको सवैभन्दा लोकप्रिय र ठूलो खेलको रुपमा मानिने उदयपुर गोल्डकप फुटबल खेलको चौथो संस्करण आगामी माघ २७ देखि फाल्गुन ५ गतेसम्म सन्चालन हुनेभएको छ ।  

गोल्डकप तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले शनिबार नवनिर्मित थरुहट रंगशाला गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने उक्त गोल्डकप प्रतियोगिताको संयोजक जिल्ला विकास समिति उदयपुर र त्रियुगा नगरपालिकाले गरेको छ भने सहमुख्य प्रायोजन एसियन थाईफुड प्रा.लि. ले गरेको छ ।

यसबर्षदेखि आप्mनै खेल मैदान, सदरमुकाम गाईघाटको थारुहट रंगशालामा सन्चालन हुने गोल्डकपको फिल्ड निर्माण, मञ्च निर्माण तथा सजावटको कार्यहरु पुरा भईसकेको मुल आयोजक समितिका संयोजक किरण राईले बताएकाछन् । नेपाल सरकारको लगानीमा निर्मित रंगशाला घेराबेरा गर्ने, सम्याउनेदेखि दुबो उमार्नेसम्मको काम भईसकेको छ । पाँच हजार दर्शक अट्ने क्षमताको रंगशालामा हाल तीन हजार दर्शक बस्न मिल्ने ब्यवस्था मिलाईएको छ ।


प्रतियोगितामा विभिन्न राष्ट्रिय स्तरका ८ वटा टिमले भाग लिने पक्का भएको छ । जसमा रमपम झापा ११, रुपन्देही ११, धरान फुटबल क्लव, एपिएफ क्लव काठमाडौं, मोरङ ११, सिएमसी संकटा क्लव काठमाडौं, उदयपुर ११ र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लव काठमाडौं सहभागि हुने पक्का भएको हो ।

प्रतियोगिताको प्रचारलाई ब्यापक बनाउन उदयपुरका दुईदर्जन साईक्लिष्टहरुले र्याली पनि गरेका छन् । उनीहरुले सदरमुकाम गाईघाटदेखि बेल्टारबसाहा नगरपालिका हुदै सप्तरीको फत्तेपुर हुदै सुन्दरपुर, हडिया, जोगिदह, मोतिगडा सम्मको यात्रा तय गरेकाछन् । साईकल यात्राको क्रममा उनिहरुले गोल्डकपको बारेमा प्रचार प्रसार गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन