दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

अत्तरिया कप नाम दिइएको उक्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

अत्तरिया कप नाम दिइएको उक्त"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सर्वाधिक राशिको महिला क्रिकेट अत्तरीयामा हुने

२९ माघ २०७३, शनिबार ०३:५८


दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

अत्तरिया कप नाम दिइएको उक्त प्रतियोगिता आउँदो वैशाख १४ गतेबाट सञ्चालन गर्ने आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्बलले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महिलाको क्रिकेट खेलप्रति आकर्षण बढाउने तथा राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । 

चार लाख भन्दा बढी रुपिया पुरस्कार राशी रहने प्रतियोगिताको विजेता टिमले नगद दुई लाख उपविजेताले एक लाख रुपिया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेट किपरले जनही १०÷१० हजार रुपिया पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव थानेश्वर भट्टले जानकारी दिनुभयो । उहाँले प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद तीन हजार रुपिया पुरस्कार प्रदान गरिने उल्लेख गर्नुभयो । 

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा एक विभागीय सहित बढीमा आठ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रत्येक टिमले चार जना विदेशी खेलाडी समावेश गर्न पाईने जनाइएको छ । 

प्रतियोगिता अत्तरिया स्थित सशस्त्र प्रहरीको खेल मैदानमा सञ्चालन गरिने भन्दै क्लबका अध्यक्ष रवि खनालले मैदान मर्मत तथा पिच बनाउने कार्य केहि दिनभित्रै सुरु गरिने बताउनुभयो । ‘वैशाख महिनामा प्रतियोगिता भए पनि मैदान वरिपरि जङ्गल रहेकाले खेलाडी तथा दर्शकललाई गर्मीबाट समस्या हुने छैन’, उहाँले भन्नुभयो–‘प्रतियोगिता सञ्चालनका लागि हामी तयारी जुटिसकेका छौं ।’

प्रतियोगिता सञ्चालनका लागि कम्तीमा २५ लाख रुपिया आवश्यक पर्ने भएकाले प्रायोजक तथा प्रबद्र्धकसंग कुराकानी भइरहेको क्लबले जानकारी दिएको छ । यस्तै, तयारीका लागि विभिन्न समिति समेत गठन भएका छन् । 

जुनसुकै प्रतियोगिताका लागि पुरुष क्रिकेटर भन्दा महिला क्रिकेटरको अभाव खड्किने गरेकाले महिला क्रिकेटर उत्पादन गर्ने तथा खेलप्रति उनीहरुको आकर्षण बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिताका व्यवस्थापन संयोजक सरोज भट्टले बताउनुभयो । उहाँले सम्भवतः पहिलो पटक मोफसलमा राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको दावी गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन