प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेल"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेह्रथुममा नवौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

२०७३, १३ फाल्गुन शुक्रबार ०४:०१


प्रकाश धौलाकोटी | फागुन १३, तेह्रथुम | जिरिखिम्ती बजारमा विहीबारबाट ९ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यार्थी जीवनमा खेलकुद महत्वपुर्ण रहेको बताए । 

उनले जिल्लामा खेलकुद पुर्वाधार विकासकालागि मन्त्रालय ले यो वर्ष ८० लाख बढी बजेट विनियोजन गरेको सार्वजनिक गरे । सचिव दाहालले जिल्लामा खेलकुद विकास समितिको भवन नभएको भन्दै त्यसको निर्माणका लागि प्रक्रिया अघि बढाउन भन्दै आफुले मन्त्रालयबाट सक्दो छिटो बजेट व्यवस्था गर्ने बताए । उनले जिल्लामा एकिकृत खेल पुर्वाधार विकासकालागि समेत पहल गर्न आग्रह गरे । 

सबै पुर्वाधार एकै ठाउँ मा निर्माण गर्न सकिनेगरि जग्गा व्यवस्थापन गरी प्रक्रिया अघि बढाउन उनले भने । प्रतियोगिताको उद्धघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रलादकुमार कार्की, जिल्ला शिक्षा अधिकारी कृष्ण प्रसाद पोख्रेल, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, कानुनविद् टिकाराम भट्टराई र नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य गोविन्दराज श्रेष्ठले शुभकामना मन्तव्य राखे । 

कार्यक्रममा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पुर्व खेलाडी टिकाराम खुलाल, किशोर सम्वाहाम्फे, सोम लिम्वु, केशव रिमाल, उमेश कन्दङ्गवा र गर्जमान लिम्वु लगायतलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । उद्धघाटन कार्यक्रम जिल्ला खेदकुद विकास समितिका अध्यक्ष केशव कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतियोगितामा जिल्लाका ४२ वटा विद्यालय सहभागी छन् । यसैबीच कार्यक्रममा राजनीतिकरण भएको भन्दै आलोचना समेत भएको छ । विहीबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता सामुदायिक विद्यालय मा अध्ययनरत माध्यमिक स्तरका विद्यार्थी हरुको खेल प्रतिभाको प्रष्फुटन गराउने उदेश्यले युवा तथा खेलकुद मन्त्रालयको तत्वधानमा हरेक वर्ष यो प्रतियोगिता सन्चालन हुने गरेको छ ।

 प्रतियोगिता अन्तर्गत यस वर्ष पनि एथ्लेटिक्स, दौड, रिले, र भलिबल प्रतियोगिता सन्चालन हुनेछन् । विभिन्न प्रतियोगिता तर्फ गरी ७० वटा गोल्ड तथा सिल्भर र ६६ वटा कास्य पदक प्रदान गरिने आयोजकले जनाएको छ । 

तश्विर: गणेश खनाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने