२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुदको विकासका लागि पाँच ‘प’को प्रवद्र्धन: सचिव दाहाल

२५ चैत्र २०७३, शुक्रबार ०३:२०

सोलुखुम्बु, २५ चैत । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताउनुभएको छ । 

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विहिबार नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै सचिव दाहालले ‘खेलकुदमा लगानी गर्न नडराऔँ’ भन्ने नाराका साथ पाँच ‘प’को प्रवद्र्धनमा मन्त्रालय लागेको बताउनुभयो ।

सचिव दाहालले खेलक्षेत्रको विकासका लागि पाँच ‘प’ अर्थात् पूर्वाधार विकास, प्रशिक्षण, प्रतियोगिता, प्रतिभा छनौट र प्रोत्साहन अति आवश्यक रहेको भन्दै यो कुरामा योजनाबद्ध काम सुरु गरेको बताउनुभयो । 

सचिव दाहालले राष्ट्रिय महत्वका तथा ठूला योजना र प्रतियोगितामा मन्त्रालय केन्द्रित रहने भन्दै गाउँ÷नगरमा स्थानीय तहले खेल क्षेत्र प्रवद्र्धनको नेतृत्व लिनुपर्ने बताउनुभयो । 

सदरमुकामस्थित जनजागृति माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १४ विद्यालयले सहभागिता जनाएका छन् । तीनदिनसम्म चल्ने कार्यक्रममा महिला÷पुरुष भलिबल, एथ्लेटिक्सलगायत प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिवी नेपालीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ