कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भ"/>

८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता बैशाख २५ गतेदेखि सुरु हुने

२२ बैशाख २०७४, शुक्रबार १०:५९


कमल रावल/बैशाख २२, अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि आयोजना हुदै आएको जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको १० औँ सस्करण आगामि बैशाख २५ गतेबाट सुरु हुने भएको छ । 

मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा बर्षेनि प्रतियोगिता हुदै आएको छ । यस वर्ष पनि ओलिगाउको प्रतियोगिता जिल्लाकै ठुुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । 

यस वर्ष उपाधि जित्ने टिमले नगद ३६ हजार, ६ सय ६६ रुपैया र प्रमाणपत्र हात पार्ने छ । यस अघि गत वर्ष ३५ हजार धनराशिको प्रतियोगिता भएको थियो । मंगला बिकास क्लबको ओलिगाउको आयोजनामा २०६२ सालबाट ९ हजार राशिबाट सुरु भएको प्रतियोगिता १० औँ सम्म पुग्दा ३६ हजार पुरयाईएको क्लबका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । अहिले प्रतियोगिता सफल पार्न सहभागि छिमेकी क्लबलाई पत्राचार तथा मैदान ब्यावस्थापनको काम भईरहेको उहाँले बताउनु भयो । 

यसपालिको प्रतियोगितामा पनि विगतका बर्ष झै जिल्लाका १६ भन्दा बढी टिमको सहभागिता रहने प्रतियोगिता प्रचार प्रसार सँयोजक कमल रावलले बताउनु भयो । रावलका अनुसार यस वर्ष प्रतियोगिता विगतका वर्ष भन्दा फरक रहने बताईएको छ । 

यसअघि अछाम भित्रै रहेका युवा खेलाडीको प्रतिभा मात्र देख्न पाईन्थ्यो भने यस वर्ष थुप्रै क्लबाट कैलाली र कञ्चनपुुरबाट क्षेत्रिय स्तर सम्म खेल खेलि सकेका खेलाडी सहभागि हुने बताईएको छ । 

यसपालिको प्रतियोगितामा यसअघि तिन तिन वटा प्रतियोगिता जितिसकेका आयोजक मँगला बिकास क्लब ओलिगाउ, टँक स्मृती क्लक जुपु तथा दिपक युवा क्लब कालिका र रिडिकोट युुवा क्लब रिडिकोट प्रमुख उपाधि दाबेदार रहन सक्ने क्रिकेट प्रेमिको बुझाई रहेको छ ।

यो ४ वटै टिमबाट कैलाली र कञ्चनपुर क्षेत्रका क्षेत्रिय स्तरका खेलाडी सहभागिता जनाउने छन । प्रतियोगिता सफल पार्नका लागि भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुष्प किराना पसल, सुरेश किराना पसल र जनज्योति बोडीग स्कुल ओलिगाउले सह प्रायोजकको भुमिका निर्वाह गरि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज फेरि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ? थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग