२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

१०औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

२०७४, २४ बैशाख आईतवार १४:१०

कमल रावल/बैशाख २४, अछाम । अछाम जिल्लाको ओलिगाउमा भोलि ( सोमबार) बाट सुरु हुने १० औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । 

मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको तोल्यान क्रिकेट मैदानमा औपचारिक रुपमा भोलि ११ बजे औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । भोलिबाट सुरु हुने खेलका लागि टाढा टाढा टिम समेत ओलिगाउमा पुगि सकेका छन । 

जिल्लाको सबै भन्दा ठुलो धनराशिको क्रिकेट प्रतियोगिताको भएकाले यसपालि पनि १६ भन्दा बढी टिमको सहभागित रहने आयोजकले जनाएको छ । यस वर्ष उपाधि जित्ने टिमले नगद ३६ हजार, ६ सय ६६ रुपैया र प्रमाणपत्र हात पार्ने भएको छ । 

मंगला बिकास क्लबको ओलिगाउको आयोजनामा २०६२ सालबाट ९ हजार राशिबाट सुुरु भएको प्रतियोगिता १० औँ सम्म पुुग्दा ३६ हजार पुरयाईएको क्लबका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । 

यस वर्ष प्रतियोगिता विगतका वर्ष भन्दा फरक रहने आयोजना प्रचारप्रसार प्रमुख ककमल रावलले बताउनु भयो । यसअघि अछाम भित्रै रहेका युवा खेलाडीको प्रतिभा मात्र देख्न पाईन्थ्यो भने यस वर्ष थुप्रै क्लबाट कैलाली र कञ्चनपुुरबाट क्षेत्रिय स्तर सम्म खेल खेलि सकेका खेलाडी सहभागि हुने बताईएको छ । 

यसपालिको प्रतियोगितामा यसअघि तिन तिन वटा प्रतियोगिता जितिसकेका आयोजक मँगला बिकास क्लब ओलिगाउ, टँक स्मृती क्लक जुपुु तथा दिपक युवा क्लब कालिका र रिडिकोट युवा क्लब रिडिकोट प्रमुख उपाधि दाबेदार रहन सक्ने क्रिकेट प्रेमिको बुझाई रहेको छ ।

यो ४ वटै टिमबाट कैलाली र कञ्चनपुर क्षेत्रका क्षेत्रिय स्तरका खेलाडी सहभागिता जनाउने छन । प्रतियोगिता सफल पार्नका लागि भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुष्प किराना पसल, सुरेश किराना पसल र जनज्योति बोडीग स्कुल ओलिगाउले सह प्रायोजकको भुमिका निर्वाह गरि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि