जेठ ६, काठमाडौं । कोलकता नाइट राइडर्सलाई ६ विकेटले ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ६, काठमाडौं । कोलकता नाइट राइडर्सलाई ६ विकेटले ह"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएलको फाइनल खेल: उपाधिका लागि मुम्बई इन्डियन्सले पुणेसँग भिड्ने

२०७४, ६ जेष्ठ शनिबार ०१:३३


जेठ ६, काठमाडौं । कोलकता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै दुई पटकको च्याम्पियन मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा मुम्बईले कोलकतालाई पराजित गरेको हो । 

मा चिन्नास्वामी रंगशाला बैंगलुरुमा शुक्रबार कोलकत्ताले दिएको १०८ रनको झिनो लक्ष्य मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि क्रुणल पण्ड्याले ४५ रनको अविजित पारी खेलेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले १८.५ ओभरमा १०७ रनमै समेटियो । उसका लागि सूर्यकुमार यादवले ३१ र इशांक जाग्गीले २८ रन बनाउनुबाहेक अन्यले खासै रन बनाउन सकेनन् । उसका सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ मुम्बईका करन शर्माले ४, प्रित बुम्राहले ३ र मिचेल जोन्सनले २ विकेट लिए । भेट्रान बलर लसिथ मालिंगाले पनि १ विकेट लिए । ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिएका करण शर्मा खेलको म्यान अफ द म्याच भए । जसप्रिततले ३ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए ।

अब आइपिएलको दशौं सिजनको फाइनल मुम्बई र पुनेबीच हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार हुनेछ । समूह चरणका दुई खेल र पहिलो क्वालिफायरसमेत गरी जारी प्रतियोगितामा मुम्बईले पुणेलाई पराजित गर्न सकेको छैन । यसर्थमा फाइनल खेल मुम्बईका लागि बदला लिने अवसर हुनेछ भने तेस्रो पटक आइपिएल उपाधि हासिल गरी कीर्तिमान बनाउने अवसर पनि हुनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु