Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
५ माघ २०८२, आईतवार
अर्घाखाँची - AGK

प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीलाई

६ जेष्ठ २०७४, शनिबार १२:३५

जेठ ६ अर्घाखाँची | प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीले हात पारेको छ । त्यस्तै दोस्रो स्थान बुलन्द साप्ताहिकले हात पारेको छ ।
नयाँ एफ एम ८७ दशमलव ६ मेगाहर्जको आयोजनामा सञ्चालनमा अर्घाखाँची जिल्लामा प्रथम मिडिया कप फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
फाइनल खेलमा बुलन्द साप्ताहिकलाई शुन्यका विरोद्ध १ गोलले रेडियो देउरालीले उपाधी चुम्न सफल भएको हो । रेडियो देउरालीले नयाँ एफ एमलाई र बुलन्द साप्ताहिकले रेडियो सूर्यदयलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए । यो प्रतियोगिता जिल्लामा पहिलो पटक आयोजना गरीएको हो ।
नयाँ खबर र विचारको सम्मान , नयाँ एफ एम अर्घाखाँचीको पहिचान भन्ने मूल मर्मका साथ रेडियोको आप्mनो स्थापनाको पाचौँ वार्षिकोत्सवको अबसरमा सो प्रतियोगिता गरीएको हो । प्रतियोगितामा जिल्लामा संचालित संचार माध्यमहहरु रेडियो नयाँ एफ एम रेडियो सूर्यदय , रेडियो अर्घाखाँची , रेडियो देउराली र बुलन्द साप्ताहिक पत्रीका गरी ५ समूहको सहभागिता रहेको थियो ।
एफ एमले यहि जेष्ठ १३ गते पाँचौ स्थापना दिवस मनाउदै छ । २०६९ साल जेष्ठ १३ देखि आप्ःनो प्रसारण सुरु गरेको नयाँ एफ एम हालसन्धिखर्क नगरपालिका १ पटुवाथुमबबाट संचालनमा आइरहेको छ् । दैनिक १८ घण्टा प्रसारण हुने नयाँ एफ एम जिल्लामा स्थापित ब्यबसायिक रेडियो हो ।
बर्षिकोत्सवको अबसरमा रेडियोले यहि जेष्ठ १३ गते सन्धिखर्कमा बृहत अन्तरकृयात्मक कार्यक्रम , स्रोता सम्मान, तथा पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ ।
उता खेलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं अर्घाखाँची जिल्ला न्यायधिस केशव प्र. बास्तोलाले पत्रकारहरु समाचार लेखन , समाचार बोल्ने मात्र होइन खेलकुदमा पनि उत्तिकै माहिर हुन्छन् भन्ने गतिलो उदाहरण दिएको बताए ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धी प्र. भुसालले फुटसल प्रतियोगिता जिल्लामा पहिलो पटक भएको हुनाले यस खेलको विकासको लागी आफु लाग्ने बताएका छन् ।
त्यस्तै नयाँ एफ एमका स्टेसन म्यानेजर हरी प्र भुसालले यो प्रतियोगिताले जिल्लामा रहेका पत्रकार विचमा सुमधुर सम्बन्ध र सद्भाव कायम गरेको बताए । प्रतियोगिताको संचालन शेषकान्त घिमिरे ओसनले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता