Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-10-18 03:20 AM
अर्घाखाँची - AGK

प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीलाई

जेठ ६ अर्घाखाँची | प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधी रेडियो देउरालीले हात पारेको छ । त्यस्तै दोस्रो स्थान बुलन्द साप्ताहिकले हात पारेको छ ।
नयाँ एफ एम ८७ दशमलव ६ मेगाहर्जको आयोजनामा सञ्चालनमा अर्घाखाँची जिल्लामा प्रथम मिडिया कप फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
फाइनल खेलमा बुलन्द साप्ताहिकलाई शुन्यका विरोद्ध १ गोलले रेडियो देउरालीले उपाधी चुम्न सफल भएको हो । रेडियो देउरालीले नयाँ एफ एमलाई र बुलन्द साप्ताहिकले रेडियो सूर्यदयलाई पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए । यो प्रतियोगिता जिल्लामा पहिलो पटक आयोजना गरीएको हो ।
नयाँ खबर र विचारको सम्मान , नयाँ एफ एम अर्घाखाँचीको पहिचान भन्ने मूल मर्मका साथ रेडियोको आप्mनो स्थापनाको पाचौँ वार्षिकोत्सवको अबसरमा सो प्रतियोगिता गरीएको हो । प्रतियोगितामा जिल्लामा संचालित संचार माध्यमहहरु रेडियो नयाँ एफ एम रेडियो सूर्यदय , रेडियो अर्घाखाँची , रेडियो देउराली र बुलन्द साप्ताहिक पत्रीका गरी ५ समूहको सहभागिता रहेको थियो ।
एफ एमले यहि जेष्ठ १३ गते पाँचौ स्थापना दिवस मनाउदै छ । २०६९ साल जेष्ठ १३ देखि आप्ःनो प्रसारण सुरु गरेको नयाँ एफ एम हालसन्धिखर्क नगरपालिका १ पटुवाथुमबबाट संचालनमा आइरहेको छ् । दैनिक १८ घण्टा प्रसारण हुने नयाँ एफ एम जिल्लामा स्थापित ब्यबसायिक रेडियो हो ।
बर्षिकोत्सवको अबसरमा रेडियोले यहि जेष्ठ १३ गते सन्धिखर्कमा बृहत अन्तरकृयात्मक कार्यक्रम , स्रोता सम्मान, तथा पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ ।
उता खेलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं अर्घाखाँची जिल्ला न्यायधिस केशव प्र. बास्तोलाले पत्रकारहरु समाचार लेखन , समाचार बोल्ने मात्र होइन खेलकुदमा पनि उत्तिकै माहिर हुन्छन् भन्ने गतिलो उदाहरण दिएको बताए ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धी प्र. भुसालले फुटसल प्रतियोगिता जिल्लामा पहिलो पटक भएको हुनाले यस खेलको विकासको लागी आफु लाग्ने बताएका छन् ।
त्यस्तै नयाँ एफ एमका स्टेसन म्यानेजर हरी प्र भुसालले यो प्रतियोगिताले जिल्लामा रहेका पत्रकार विचमा सुमधुर सम्बन्ध र सद्भाव कायम गरेको बताए । प्रतियोगिताको संचालन शेषकान्त घिमिरे ओसनले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु