कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्ट"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउसलाई

७ जेष्ठ २०७४, आईतवार ०२:११

कमल रावल | अछाम | मगलसेनमा सनिबार सम्पन्न चौथो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि न्यु कर्णाली गेष्ट हाउस मँगलसेनले हात पारेको छ । फाईनल खेलमा आयोजक ए स्टार युवा क्लब मगलसेनलाई ३६ रनले पराजित गर्दै न्यु कर्णाली गेष्ट हाउस उपाधि जित्न सफल भएको हो । 

उपाधि जिते सगै न्यु कर्णाली गेष्ट हाउसले नगद ३५ हजार सहित, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको ए स्टार युवा क्लबले १० हजार सहित कप, मेडल र प्रमाणपत्रमा चित बुझाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्यु कर्णाली गेष्ट हाउसले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । जवाफमा लक्ष्य पछयाएको ए स्टार युवा क्लबले सबै विकेट गुमाएर १५ ओभरमा ७२ रन मात्र जोडन सकेको थियो । 

पहिले ब्याटिग गर्ने क्रममा ८ ओभरमा ४ विकेट गुमाउदा २९ रन मात्र रहेको अबस्थामा न्यु कर्णाली गेष्ट हाउसलाई उत्कृष्ट पुनरागमन गर्न अलराउडर शिवराज स्वार बलर विनोद खत्रिले सानदार प्रदर्शन गरेका थिए । केहि समय क्रिजमा साथ दिएका विनाद खत्रि आउट भईसके पछी नियमित विकेट गईरहदा ९ नम्बरमा व्याटिगमा आएका शमशेर कुवर र शिवराजको जोडीले टिमलाई वलियो स्थीमा पुरयाएको थियो । अन्तिम सम्म नटआउट रहेका शिवराज स्वारले सानदार ३ छक्काको मद्दतमा ३१ रनको पारि खेलेका थिए । समशेर कुवरले पनी ८ बलमा १६ रनको पारि खेलका थिए । जवाफमा ए स्टार युवा क्लब मँगलसेन सुरुवातमा राम्रो खेले पनी मध्य क्रमका ब्याटसम्यानले राम्रो खेल प्रदर्शन गर्न नसक्दा हार बेहोरोको हो । 

आयोजकका लागि नृप कुवरले १ छक्काको मद्दतमा १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक ब्याटिग गर्न सकेनन । जवाफमा १५ ओभरमा अल आउट हुदै ए स्टार ७२ रनमा सिमीत रहेको थियो । प्रतियोगितामा उत्कृष्ट बलर र व्याट्सम्यानको पुरुस्कार शिवराज स्वार, उत्कृष्ट फिल्डरको पुरुस्कार महेन्द्र विक र उत्कृष्ट विकेट किपरको पुरुस्कार भरत जोशिले हात पारेका थिए भने अनुशासित खेलाडीको पुरुस्कार नरेश चौधरीले हात पारेका थिए । बैशाख ३१ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…