५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य बेलायतमा

९ जेष्ठ २०७४, मंगलवार ०२:२२

सुरेन्द्र ईङनाम  | केन्ट, बेलायत | गत २२ मे २०१७ को साँझ लन्डन हिथ्रो एयरपोर्टमा “एफ सी केन्ट भेटेरेन, बेलायत” को स्पोन्सरमा नेपाल राष्ट्रिय फुटबल टिमकोच तथा सहायक मेनेजर राजुकाजी शाक्य बेलायत आई पुगेका हुन ।


फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडी राजुकाजी शाक्यले सन १९८१ सालबाट शुरु गरेर सन १९९७ सम्म खेलाडीको रुपमा नेपालकै ईतिहासमा सबै भन्दा लामो समय सम्म खेल्नु भयो । वहाले राष्ट्रिय टिममा खेल्न थाले लगत्तै सन १९८४ मा पहिलो साफ गेम जितेको थियो, सन १९९३ मा वहाको टिम क्याप्टेनमा दोस्रो साफ गेम जितेको हो । पछिल्लो समयमा आएर नेपाल राष्ट्रिय फुटबल टिमको कोच गर्दै आएका राजुकाजी शाक्य एक कुशल कोचको रुपमा पनि चिनिन्छन, जुन ज्यलन्त उदाहरण सन २०१६ मा भएको भएको साफ गेमको उपाधि नेपालले हात पारेको हो ।

बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यता बाट उत्साह पुर्बक बडिरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले २ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । यसैलाई अवसर पारेर बेलायतको नेपाली समुदाय बिचको फुटबल खेललाई अवलोकन गर्न साथै नेपाल राष्ट्रिय फुटबल टिमकोच राजुकाजी शाक्य लाई सम्मानार्थ र “एफ सी केन्ट भेटेरेन, बेलायत” को प्रोमोसनको लागी राजुकाजी शाक्यलाई “एफ सी केन्ट भेटेरेन, बेलायत” ले स्पोन्सर गरि बेलायत ल्याएको हो । बेलायतको भिषा मिलाउन ज्यादै झन्झटिलो र धेरै प्रावधानलाई बिचार गर्नुपर्ने भएकोले यस कार्यलाई टिमका सहायक मेनेजर भास्कर राई र सचिव छबिन्द्र चोङ्बाङलाई केहि जिम्मेवारी दिईएको थियो । यस्का अलवा नेपाल तथा बेलायतका मेडियाहरुसँग सम्पर्कका लागी पनि भास्कर राईलाई क्लबले जिम्मा दिए अनुसार बि एफ बि एस नेपाल काठमाण्डौमा फुटबल खेलबाट नेपाल राष्ट्रलाई प्रतिनिधित्व गर्ने, राष्ट्रकै गहना फुटबल खेलाडीको छोटो अन्तरर्वाताको लागी समय माग्दा वहाको अन्तर्वाता प्रसारण गर्न नमिल्ने भनिए पछि गुनासो मान्दै राष्ट्रलाई प्रतिनिधित्व गर्ने, एक मात्र राष्ट्रको गहनाको अन्तर्वाता नलिई गायक र गायिकाको अन्तर्वाता लिएर प्रसारण गरिएको भनि गुनासो पनि पोख्नु भयो । 

राजुकाजी शाक्यको बेलायतको भिषा ६ महिनाको भएपनि समयको अभावले छोटो समय मात्र लिएर आउनु भएको कुरा टिम मेनेजर बुद्धी कुमार सुनुवारले जनाउनु भयो । लन्डन हिथ्रो एयरपोर्ट बाट फोक्स्टनको लेमन लिफ रेष्टुरा आएर साँझको रात्रि भोजमा बोल्ने क्रममा राजु काजी शाक्यज्यूले “वहाले धेरै ठाउहरुमा सम्मान पाई सकेको तर “एफ सी केन्ट भेटेरेन, बेलायत”ले बेलायत बोलाएर सम्मान दिनु भएको यो अहिले सम्मकै सबैभन्दा ठुलो सम्मान हो” भनि वहाले बताउनु भयो । एयरपोर्टमा स्वागत गर्न आउनु भएको गोर्खा कप कोर्डिनेटर पिताम्बर गुरुङले यहि आउदो आइतवार हुन गईरहेको बेलायतको सबैभन्दा ठुलो खेल गोर्खा कपमा वहालाई विषेश अतिथिमा आसन गराउन “एफ सी केन्ट भेटेरेन, बेलायत”लाई स्विकृति लिदै राजु काजी शाक्यलाइ जानकारी दिनु भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता