जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् । "/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट: लिटील फ्लावर र ऐश्वर्या फाईनलमा

२०७४, २४ जेष्ठ बुधबार १२:५४


जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् । 

धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगीता अन्तरगत आज भएका २ वटा सेमीफाईनलको खेलमा दुवै टोलीले जित हात पार्दै फाईनल सम्मको यात्रा तय गरेका हुन् । आज भएको पहिलो सेमीफाईनलको खेलमा लिटील फ्लवारले ग्ली एकेडेमीलाई ४१ रनले पराजीत गरेको छ । 

टस जितेर व्याटीङ गरेको लिटील फ्लवारले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउदै १ सय २७ रन बनायो । लिटील फ्लावरका लागी किसोर सिहले २५, अनिल थापाले २० तथा भरत सिहले १४ रनको योगदान दिए भने ३७ रन अतिरिक्त पाएको थियो । बलीङमा ग्ली एकेडेमीका लागी राजु कुँवर र रोहन विष्टले २/२ विकेट लिए । १ सय २८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमीले २० ओभरमा ६ विकेट गुमाउदै ८६ रन मात्रै बनाउनसक्यो । ग्ली एकेडेमीलाई पराजीत गर्ने क्रममा लिटील फ्लावरक अनिल थापाले २ विकेट लिए । एक विकेट र महत्वपुर्ण २० रन बनाएका लिटील फ्लावरका किसोर सिह म्यान अफ द म्याच घोषीत भए । 

आजै भएको दोश्रो सेमीफाईनलको खेलमा ऐश्वर्या विद्या निकेतले एक्सीस विद्या आश्रमलाई ६ विकेटले पराजजजीत गरेको छ । टस जितेर व्याटीङ गरेको एक्सीसले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै ८३ रन बनायो । एक्सीसका लागी अम्रित रावतले २८ तथा सौनक मल्लले १३ रनको योगदान दिए । 


बलीङमा ऐश्वर्याका माधव ठगुन्ना र विमल कठायतले समान २÷२ विकेट लिए । ८४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्याले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो । उसका लागी प्रविन जोशीले १९, उपेन्द्र थापाले १४ तथा सुवाश खाती १३ रन बनाए । 

खेलका म्यान अफ द म्याच ऐश्वर्याका विमल कठायत भए । फाईनल खेल भोली विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार तथा द्धितीय हुनेलाई १५ हजार सहित ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको छ । 

यस्तै प्रतियोगीतामा उत्कृष्ट ५ जना खेलाडीलाई धनगढी क्रिकेट एकेडेमीले शत प्रतिशत छात्रवृतीमा क्रिकेट प्रशिक्षण गराउने जनाएको छ । नवराज पनेरुको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु