जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् । "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट: लिटील फ्लावर र ऐश्वर्या फाईनलमा

२४ जेष्ठ २०७४, बुधबार १२:५४


जेठ २४, धनगढी । धनगढीमा जेठ १० गतेदेखी जारी डिसीए अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगीतामा लिटील फ्लावर र ऐश्वर्या विद्या निकेत फाईनलमा प्रवेश गरेका छन् । 

धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगीता अन्तरगत आज भएका २ वटा सेमीफाईनलको खेलमा दुवै टोलीले जित हात पार्दै फाईनल सम्मको यात्रा तय गरेका हुन् । आज भएको पहिलो सेमीफाईनलको खेलमा लिटील फ्लवारले ग्ली एकेडेमीलाई ४१ रनले पराजीत गरेको छ । 

टस जितेर व्याटीङ गरेको लिटील फ्लवारले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउदै १ सय २७ रन बनायो । लिटील फ्लावरका लागी किसोर सिहले २५, अनिल थापाले २० तथा भरत सिहले १४ रनको योगदान दिए भने ३७ रन अतिरिक्त पाएको थियो । बलीङमा ग्ली एकेडेमीका लागी राजु कुँवर र रोहन विष्टले २/२ विकेट लिए । १ सय २८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ग्ली एकेडेमीले २० ओभरमा ६ विकेट गुमाउदै ८६ रन मात्रै बनाउनसक्यो । ग्ली एकेडेमीलाई पराजीत गर्ने क्रममा लिटील फ्लावरक अनिल थापाले २ विकेट लिए । एक विकेट र महत्वपुर्ण २० रन बनाएका लिटील फ्लावरका किसोर सिह म्यान अफ द म्याच घोषीत भए । 

आजै भएको दोश्रो सेमीफाईनलको खेलमा ऐश्वर्या विद्या निकेतले एक्सीस विद्या आश्रमलाई ६ विकेटले पराजजजीत गरेको छ । टस जितेर व्याटीङ गरेको एक्सीसले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै ८३ रन बनायो । एक्सीसका लागी अम्रित रावतले २८ तथा सौनक मल्लले १३ रनको योगदान दिए । 


बलीङमा ऐश्वर्याका माधव ठगुन्ना र विमल कठायतले समान २÷२ विकेट लिए । ८४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्याले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो । उसका लागी प्रविन जोशीले १९, उपेन्द्र थापाले १४ तथा सुवाश खाती १३ रन बनाए । 

खेलका म्यान अफ द म्याच ऐश्वर्याका विमल कठायत भए । फाईनल खेल भोली विहान ९ बजे फाप्ला क्रिकेट मैदानमा हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार तथा द्धितीय हुनेलाई १५ हजार सहित ट्रफि र प्रमाणपत्रको ब्यवस्था गरिएको छ । 

यस्तै प्रतियोगीतामा उत्कृष्ट ५ जना खेलाडीलाई धनगढी क्रिकेट एकेडेमीले शत प्रतिशत छात्रवृतीमा क्रिकेट प्रशिक्षण गराउने जनाएको छ । नवराज पनेरुको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै