जेठ २५, धनगढी । धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । 

आज भएको फाईनल खेलमा लिटील फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २५, धनगढी । धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । 

आज भएको फाईनल खेलमा लिटील फ"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनलाई

२०७४, २५ जेष्ठ बिहीबार ११:२०


जेठ २५, धनगढी । धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ । 

आज भएको फाईनल खेलमा लिटील फ्लावरस्कुललाई ४ विकेटले पराजीत गर्दै ऐश्वर्याले उपाधी जितेको हो । उपाधीसंगै ऐश्वर्या विदा निकेतनले नगद ३० हजार तथा उप विजेता बनेको लिटील फ्लावरले १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

आज भएको फाईनलमा टस जितेर व्याटीङ गरेको लिटील फ्लवार ईङलीस बोर्डीङ स्कुलले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै ५० रन मात्रै बनाउन सक्यो ।

 सुरुवातका दुई ओभरमै २ खेलाडी रन आउट भएपछि लिटील फ्लावरका अन्य कुनै पनि व्याट्सम्यानले टिमको पारी सम्हाल्न सकेनन् । लिटील फ्लावरका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने मनोज कठायतले सर्वाधीक ९ रन बनाए । बलीङमा ऐश्वर्यका लोकेश हमालले ४ ओभर बलीङ गर्दै ७ रन दिएर ३ विकेट लिए । 

५१ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ऐश्वर्या विद्या निकेतनले ११ दशमलव ५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेटायो । ऐश्वर्याका लागी कप्तान विरेन्द्र महतले ३६ बलमा १६ रनको योगदान दिए । 

बलीङमा लिटील फ्लावरका आभास खड्काले १ दशमलव ५ ओभरमा ८ रन दिदै ३ विकेट लिए । म्यान अफ द म्याच ऐश्वर्याका लोकेश हमाल भए । यस्तै प्रतियोगीतामा म्यान अफ द सिरीजको पुरुष्कार ग्ली एकेडेमीका पदम बोहरा, बेष्ट बलर ऐश्वर्याका लोकेश हमाल, राईजीङ प्लेयर ग्लीका निराजन राणा र बेष्ट ब्याट्सम्यान एक्सीस विदा आश्रमका अमृत रावलले पाएका छन् । 

प्रपितयोगीताका विजयी खेलाडी र टिमलाई आजै एक कार्यक्रमको आयोजना गरी पुरुष्कार वितरण गरीएको प्रतियोगीताका संयोजक विजय कार्कीले बताउनुभयो । कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहको प्रमुख आतीथ्यमा भएको कार्यक्रम आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीको अध्यक्षतामा सम्पन्न भएको हो । 

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा धनगढीका २९ वटा विद्यालयको सहभागिता रहेको थियो । विद्यालय स्तरबाटै परिपक्व खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ अन्तर विद्यालय क्रिकेट प्रतियोगीता आयोजना गरीएको हो । -नवराज पनेरुको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु