2026-09-19 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलमा ३२ विदेशी खेलाडी भित्रिदै, कतिमा ल्याउने फ्रेन्चाइजले नै तय गर्ने 

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार ८ वटा फ्रेन्चाइजले १०-१० खेलाडी खरिद गरेका छन्। हरेक फ्रेन्चाइजले तीन ‘ए’ क्याटोगोरी, चार ‘बी’ क्याटोगोरी, र तीन ‘सी’ क्याटोगोरीका खेलाडी भित्र्याएका हुन्।

‘ए’ क्याटोगोरीमा खेलाडीको बेस प्राइस १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ थियो। यसैगरी, ‘बी’ क्याटोगोरीमा बेस प्राइस ५ लाख र अधिकतम १० लाख तथा ‘सी’ क्याटोगोरीमा बेस प्राइस २ लाख र अधिकतम ५ लाख रुपैयाँ तोकिएको थियो।
यस ड्राफ्टमा १० जना खेलाडी १५-१५ लाख रुपैयाँमा बिक्री भएका छन्। एकभन्दा बढी टोलीले दाबी गरेका खेलाडीहरूको हकमा गोलाप्रथाबाट टुंगो लगाइएको थियो।

यसअघि, ८ वटा फ्रेन्चाइजका ८ मार्की खेलाडीहरू तय भइसकेका छन्, जसले जनही २० लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। प्रत्येक १६ सदस्यीय टीममा अब ४ जना विदेशी खेलाडी समावेश गर्ने कोटा बाँकी रहेको छ, जसमा एक जना एसोसियट टोलीको खेलाडी अनिवार्य गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार विदेशी खेलाडीहरू भित्र्याउनका लागि सम्बद्ध फ्रेन्चाइजहरूले नै समन्वय गरिरहेका छन्। लामाले भने, “विदेशी खेलाडी कसलाई, कतिमा ल्याउने भनेर फ्रेन्चाइजले नै तय गर्नेछन्। त्यसपछि उनीहरूले एनपीएल आयोजकसँग समन्वय गर्नेछन्।”
विदेशी खेलाडीहरूको पारिश्रमिकका लागि कुनै सीमा तोकिएको छैन। फ्रेन्चाइजहरूले आफ्नो आर्थिक क्षमताअनुसार खेलाडी चयन गर्न पाउनेछन्। वर्क पर्मिटका विषयमा फ्रेन्चाइजहरूले क्यानसँग समन्वय गर्नेछ।

विदेशी खेलाडीहरू कहिलेसम्म भित्र्याइसक्ने भन्ने विषयमा अझै निर्णय नभएको र यसबारे छलफलपछि मिति तोकिने जानकारी प्रवक्ता लामाले दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो