2026-10-31 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली फुटबल प्रशिक्षक हुमाँगाईले प्राप्त गरे ’फिफा–प्रो’ लाइसेन्स

काठमाडौं । फुटवल प्रशिक्षकमा प्रदिप हुमाँगाई विश्व फुटबल फिफा अन्तर्गत प्रशिक्षकहरुले प्राप्त गर्ने ‘फिफा–प्रो’ लाइसेन्स प्राप्त गरेका छन् । उक्त लाइसेन्स प्राप्त गर्ने उनी पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।

प्रदिपले १६ महिनाको लामो अध्ययनपछि मंगलबार अर्जेन्टिनाबाट फिफा प्रो लाइसेन्स प्राप्त गर्न सफल भएका हुन । अमेरिकामा बसेर फुटबल प्रशिक्षणसंगै अध्ययनमा सक्रिय ४३ वर्षिय हुमागाईले धेरैको माया र आशीर्वादका कारणले नै आफूले महत्वपूर्ण उपलव्धि हासिल गर्न सकेको प्रतिक्रिया दिए ।

हुमागाईले सन २००९ बाट फुटबल प्रशिक्षकको रुपमा आफ्नो जीवन सुरुवात गरेका थिए । १५ वर्षको लामो अध्ययन विभिन्न क्लवहरुमा प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै उनले नेपालबाट एफसी ‘बि’ र ‘ए’ क्याटोगोरीको लाइसेन्स समेत प्राप्त गरेका थिए ।

सन् २००३ मा काठमाडौंमा भएको बंगलादेशसंगको मैत्रीपूर्ण खेलमा उनको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टिमले ३–१ ले जित हात पारेको थियो ।

काठमाडौं विश्वविद्यालयमा महिला प्रशिक्षकको रुपमा सुरुवात गरेका हुमागाईले नेपाली ए डिभिजनको क्लब थ्रिस्टार क्लब, ललितपुर एफसी, भुटनिज यूथ स्पोर्टस क्लब अमेरिकालगायतको टोली प्रशिक्षण दिएको अनुभव संगालेका छन् । नयाँ उचाइसँगै अब नेपाली राष्ट्रिय फुटबल टिमको नेतृत्व सम्हाल्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ