2026-09-19 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम

काठमाडौं । युइएफए नेशन्स लिगको समूह १ मा पोर्चुगलले पोल्याण्डलाई ३–१ ले पराजित गर्दै आफ्नो शतप्रतिशत जितको लयलाई कायम राखेको छ ।

खेलको २६औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए, जुन निकै राम्रो टिम मुभबाट आयो । त्यसपछि ३७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले राफाएल लेओको पोस्टमा लागेको प्रहारको रिबाउन्डमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

पोल्याण्डका लागि पिओटर जिएलिन्स्कीले ७८औं मिनेटमा गोल गर्दै अन्तर २–१ बनाए पनि ८८औं मिनेटमा पोल्याण्डका जन बेद्नारेकले आत्मघाती गोल गरेपछि खेलको नतिजा पोर्चुगलको पक्षमा पुग्यो ।

अब पोर्चुगलले आफ्नो अर्को खेल मंगलबार अन्तिम स्थानमा रहेको स्कटल्याण्डसँग खेल्नेछ भने पोल्याण्डले शीर्ष दुई स्थानको लागि मुख्य प्रतिद्वन्द्वी क्रोएसियालाई घरेलु मैदानमा स्वागत गर्नेछ।

यही समूहमा रहेको क्रोएसिया विजयी भएको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

स्कटल्याण्डले खेलको सुरुवातमै अग्रता लिएको थियो तर भारको विवादास्पद निर्णयका कारण अन्तिम समयमा बराबरी गोल अस्वीकृत भएपछि स्कटल्याण्डलाई अंकविहीन हुनुपर्यो ।

स्कटल्याण्डले खेलको पहिलो गोल ३२ औं मिनेटमा गर्यो । बिली गिलमोरले बल खोसेपछि बेन डोकले दायाँ किनारबाट क्रस गरे, जसले क्रोएसियाली डिफेन्सले क्लियर गर्न नसकेको बललाई रयान क्रिस्टिले उक्त गोल गर्दै अग्रता दिलाए ।

तर, स्कटल्याण्डले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । चार मिनेट पछि, इभान पेरिसिचले बल कटब्याक गरे र इगोर मातानोभिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए ।
क्रोएसियाले खेलमा अग्रता ७०औं मिनेटमा लियो । सासा सोजाको प्रहारलाई गोलरक्षक क्रेग गोर्डनले रोक्ने प्रयास गरे पनि, बल हावामा रहेका बेला आन्द्रेज क्रामारिचले हेडर गर्दै गोल गरे । यस गोलले क्रोएसियालाई २–१ को अग्रता दिलायो ।
खेलको अतिरिक्त समयमा, स्कटल्याण्डका चे एडम्सले क्रोएसियाका खेलाडीको टचबाट बललाई जालीमा पु¥याए । तर भारको जाँच पछि, एडम्स अफसाइड भएको पुष्टि भएपछि गोल रद्द गरियो । यस निर्णयले स्कटल्याण्डलाई निराश बनायो र उनीहरू अंकविहीन रहन बाध्य भए । जितसँगै समूह ए को १ मा ९ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ। क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा बिना अंक स्कटल्यान्ड पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो