2026-07-27 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दिप लामिछाने महँगो बन्दा नेपाल अमेरिकाद्वारा ३ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित बनेको छ । आजको खेलमा सन्दिप लामिछानेले ९ ओभरको खेल खेल्दै बिना विकेट सर्वाधिक ६३ रन खर्चिएर नेपालको बलिङ अर्डरमा महँगो सावित भए । आजको खेल हार्नमा कप्तान रोहित पौडेलको बलिङ अर्डर व्यवस्थापनमा भएको कमजोरीलाई पनि दोषी मानिएको छ ।

अमेरिका बिरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले घरेलु टोली समेत रहेको अमेरिकालाई २८७ रनको लक्ष्य दिएको थियो । जसलाई समेट्ने क्रममा अमेरिकाले खेलको अन्तिम २ बल बाँकी छँदा चौका प्रहार गर्दै लक्ष्य भेट्न सफल भयो ।

खेलको ४८ औं ओभर सकिदा अमेरिकाले ६ विकेटको क्षेतीमा खेलिरहेको थियो । उसले नेपाललाई जित्नको लागि अन्तिम दुई ओभरमा १७ रन बनाउनु पर्ने थियो । खेलमा कप्तान रोहित पौडेलले बलिङको लागि सन्दिप लामिछानेलाई नै पठाए । जसमा अमेरिकाका ब्याट्सम्यानहरुले स्ट्राइक रोट्रेट गर्दै १२ रन बनाएर खेल अन्तिम ओभरको लागि निकै सहज बनाए ।  अन्तिम ओभरमा अमेरिकालाई जितको लागि चाहिएको ५ रन रोक्न आएका सोमपाल कामीले  पहिलो बलमा १, दोश्रोमा डट, तेश्रोमा २ र चौथो बलमा ४ रन बनाउन दिँदा अमेरिकाले अन्तिम दुई बल बाँकी छँदै नेपालबिरुद्धको खेल जित्न पुग्यो ।

खेलमा अमेरिकाको लागि सायन जहन्गीरले सर्वाधिक १०४ रन बनाएर सतकीय पारि खेले । उनले ४ छक्का र १२ चौका प्रहार गर्दानै नेपालमाथि अमेरिका हावी देखिएको थियो । खेलमा जहन्गीर र मोनाङ्क पटेलले महत्वपूर्ण साझेदारी गर्दै अमेरिकालाई सुरुवातदेखिनै बलियो बनाएका थिए । खेलको चौथो ओभरमा विकेट लिएको नेपालले दोश्रो विकेटको लागि २९ औं ओभरसम्म सामना गर्नुपरेको थियो । खेलको २९.५ ओभरको खेलमा नेपालको लागि ललित राजबंशीले अमेरिकाको फराकिलो साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएका थिए । यो अवस्थासम्म अमेरिकाले नेपालबिरुद्ध एक विकेटको क्षेतिमा १६५ रन जोड्न सफल भईसकेको थियो ।

खेलमा ललितले महत्वपूर्ण दोश्रो विकेट लिएपछि तेश्रो विकेट ३२ औं ओभरको पहिलो बलमा कुशल भुर्तेलले लिए । उनले सतकीय पारी खेलेर नेपालबिरुद्ध घातक बन्दै गएका सायन जहन्गीरको विकेट लिएका थिए । त्यसपछि ३४ औं ओभरको तेश्रो र चौथो बलमा कुशल भुर्तेलले लगातार दुई विकेट लिएर नेपाललाई खेलमा फिर्ता ल्याएका थिए ।

खेलमा ३६ औं ओभरको ५ औं बलमा उनै कुशल भुर्तेलले अर्को विकेट लिँदै नेपालको कब्जामा खेल ल्याउन योगदान गरेका थिए । त्यसपछि भने नेपालले खासै राम्रो पर्दर्शन गर्न सकेन । एकोहोरो स्पिनरलाई बलिङ गराउने क्रममा कप्तान रोहित पौडेल आफ्नै बलिङमा महँगो सावित बन्न पुगे । खेलको ४७ औं ओभरमा बलिङ गर्न आएका सोम्पाल कामीले विकेट लिएर नेपालको जीतको लागि केहि आशा जगाए पनि त्यसपछि आएका सन्दिप लामिछानेले १२ रन खर्चिएर अमेरिकाको पक्षमा खेल जान पुग्यो । अन्तिममा ५ रन मात्र चाहिएको अमेरिकाले दुई बल बाँकी छँदै नेपाल बिरोद्ध ३ विकेटको जित दर्ता गर्न सफल भएको हो ।

खेलमा नेपालका लागि कुशल भुर्तेलले ६ ओभरको खेल खेल्दै २३ रन मात्र दिएर महत्वपूर्ण ४ विकेट लिए । सोमपाल कामीले ६ .४ ओभर खेल्दा ३७ रन खर्चिएर २ विकेट लिए । त्यस्तै ललित राजबंशीले  ८ ओभरको खेलमा २९ रन मात्र दिएर १ विकेट लिए । ३ ओभर मात्र खेलेका गुल्शन झाले ३२ रङ खर्चिदा कप्तान रोहित पौडेलले २ ओभरमा १७ रन दिए । त्यस्तै करण केसीले ५ ओभरको खेल खेल्दै ३४ रन दिए । त्यस्तै ९ ओभर खेलेका दिपेन्द्र सिंह ऐरीले ४७ रन दिए ।

नेपालको खेलमा कप्तान रोहित कुमार पौडेलको ९६ रन र ओपनरद्वय अनिल शाह र आसिफ शेखको अर्धशतकमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाए ।

कप्तान रोहित इनिङको अन्तिम बलमा आउट गर्दा नेपाल अल आउट बन्न पुगेको थियो  । उनी ओडिआईमा करियरको दोस्रो शतक बनाउनबाट चार रनले मात्र चुके । रोहितले ७५ बल खेल्दै ८ चौका र ३ छक्का मदतमा सर्वािधक ९६ रन बनाएका हुन् ।

त्यसअघि अनिल र आसिफले पहिलो विकेटका लागि ९८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अनिलले ६२ बल खेल्दै ५ चौका मदतमा ५६ रन बनाए । आसिफले ५३ बल खेल्दा ७ चौका र १ छक्का प्रहनर गर्दै ५२ रन जोडे । यस्तै आरिफ शेखले ३७ रन बनाए । चौथो विकेटका लागि कप्तान रोहित र आरिफले ५६ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गरेका कुश भुर्तेल ११ र दीपेन्द्र सिंह ऐरी १३ रन बनाएर आउट भए ।

टप अर्डरले राम्रो ब्याटिङ गर्दा नेपालले पूरै ५० ओभर ब्याटिङ गर्दै राम्रो स्कोर बनाउन सफल एको थियो । लोअर अर्डले भने रन जोड्न सकेनन् । गुल्सन झा १, सोमपाल कामी २, सन्दीप लामिछाने ५ र करण केसी ३ रनमा आउट भए । ललित राजवंशी १ रनमा अविजित रहे ।

अमेरिकाको लागि नोसथुस केन्जिगेले ४ तथा सौरभ नेत्रभाल्करले २ विकेट लिए ।

२०२४-२७ को ओडिआई साइकलमा लिग टु मा नेपालले उत्कृष्ट ब्याटिङ गरेको खेल यही हो । यसअघि घरेलु मैदानमा भएको पहिलो लिग टु सिरिजमा नेपालले चार मध्ये एक खेल जितेको थियो । गत महिना क्यानडा भएको लिग टु सिरिजमा नेपाल जितविहिन बनेको थियो । त्यसैले नेपालका लागि अमेरिकामा भइरहेको लिग टु सिरिज लयमा फर्कन महत्वपूर्ण छ । लिग टु अघि अमेरिका विरुद्ध तीन खेलको टी२०आई सिरिज क्लिन स्वीप गरेको नेपालले ओडीआईको पर्दर्शनमा भने आफ्नो लय गुमाउन पुग्दा जितिसकेको खेल हार्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली