2026-10-31 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बालोन डी ओर अवार्ड रोड्रीलाई

काठमाडौं । पुरुष फुटबलरहरुको प्रतिष्ठित ‘बालोन डी ओर’ अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् ।

फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।

रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि पारेका छन् ।

भिनिसियस मुख्य दावेदार मानिए पनि अन्तिम समयमा रोड्रीलाई यस वर्षको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो ।

रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले म्यानचेस्टर सिटीसँग लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।

यस वर्ष, भिनिसियस र बेलिंगह्याम अवार्ड समारोहमा अनुपस्थित थिए । यद्यपि, रियल म्याड्रिडले क्लब अफ द इयर अवार्ड जितेको थियो भने कार्लो एन्सेलोटीले पुरुष कोच अफ द इयरको सम्मान पाएका थिए । गार्ड म्युलर ट्रफीको उपाधि पेरिस सेन्ट–जर्मेनका केलियन एमबाप्पेले इंग्ल्याण्ड र बायर्न म्युनिखका ह्यारी केनसँग संयुक्तरुपमा प्राप्त गरे ।

यसैगरी लामिन यामालले यस वर्षको सर्वश्रेष्ठ २१ वर्ष मुनिका खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी प्राप्त गरे । उनले स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसैगरी, महिला अधिकारको पक्षमा गरेको योगदानका लागि जेनिफर हर्मोसोलाई सोक्रेटिस अवार्डले सम्मानित गरियो भने अर्जेन्टिना र एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले लगातार दोस्रो पटक यासिन ट्रफी जित्दै यस वर्षका उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गरे ।

बालो डी ओरमा सन २००८ यता क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको दबदबा रहँदै आएको थियो । मेस्सीले यो अवार्ड ८ पटक जितेका छन् भने ५ पटक जितेका छन् । रोनाल्डोले पछिल्लो बालोन डि ओर सन् २०१७ मा जितेका थिए भने मेस्सीले २०२३ को अवार्ड जितेका थिए ।

महिलातर्फ

२०२४ महिला ब्यालोन डी’ओरको प्रतिष्ठित अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार हात पारेकी हुन् ।

उनले बार्सिलोनालाई स्पेनिश प्रिमेरा डिभिजन र महिला च्याम्पियन्स लिगमा विजयी बनाउन महत्वपूर्ण भूमिका खेलिन् । स्पेनका लागि पनि उनले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै महिला विश्वकप २०२३ जित्न ठूलो योगदान दिइन् । एइतानाको मिडफिल्डमा उच्च दक्षता, खेल नियन्त्रण गर्ने क्षमता र गोल गर्ने कला नै उनको प्रमुख विशेषताहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ