2026-06-25 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बालोन डी ओर अवार्ड रोड्रीलाई

काठमाडौं । पुरुष फुटबलरहरुको प्रतिष्ठित ‘बालोन डी ओर’ अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् ।

फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयो समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।

रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि पारेका छन् ।

भिनिसियस मुख्य दावेदार मानिए पनि अन्तिम समयमा रोड्रीलाई यस वर्षको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो ।

रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले म्यानचेस्टर सिटीसँग लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।

यस वर्ष, भिनिसियस र बेलिंगह्याम अवार्ड समारोहमा अनुपस्थित थिए । यद्यपि, रियल म्याड्रिडले क्लब अफ द इयर अवार्ड जितेको थियो भने कार्लो एन्सेलोटीले पुरुष कोच अफ द इयरको सम्मान पाएका थिए । गार्ड म्युलर ट्रफीको उपाधि पेरिस सेन्ट–जर्मेनका केलियन एमबाप्पेले इंग्ल्याण्ड र बायर्न म्युनिखका ह्यारी केनसँग संयुक्तरुपमा प्राप्त गरे ।

यसैगरी लामिन यामालले यस वर्षको सर्वश्रेष्ठ २१ वर्ष मुनिका खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी प्राप्त गरे । उनले स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसैगरी, महिला अधिकारको पक्षमा गरेको योगदानका लागि जेनिफर हर्मोसोलाई सोक्रेटिस अवार्डले सम्मानित गरियो भने अर्जेन्टिना र एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले लगातार दोस्रो पटक यासिन ट्रफी जित्दै यस वर्षका उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गरे ।

बालो डी ओरमा सन २००८ यता क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको दबदबा रहँदै आएको थियो । मेस्सीले यो अवार्ड ८ पटक जितेका छन् भने ५ पटक जितेका छन् । रोनाल्डोले पछिल्लो बालोन डि ओर सन् २०१७ मा जितेका थिए भने मेस्सीले २०२३ को अवार्ड जितेका थिए ।

महिलातर्फ

२०२४ महिला ब्यालोन डी’ओरको प्रतिष्ठित अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार हात पारेकी हुन् ।

उनले बार्सिलोनालाई स्पेनिश प्रिमेरा डिभिजन र महिला च्याम्पियन्स लिगमा विजयी बनाउन महत्वपूर्ण भूमिका खेलिन् । स्पेनका लागि पनि उनले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै महिला विश्वकप २०२३ जित्न ठूलो योगदान दिइन् । एइतानाको मिडफिल्डमा उच्च दक्षता, खेल नियन्त्रण गर्ने क्षमता र गोल गर्ने कला नै उनको प्रमुख विशेषताहरू हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ