2026-09-19 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपले गरे इन्स्टाग्राममा कुशल मल्ल बाहेक टिमका सबै सदस्यलाई अनफलो

काठमाडौं | क्रिकेटर सन्दीप लामिछानेले इन्स्टाग्राममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबैलाई अनफलो गरेका छन् । पूर्व कप्तान समेत रहेका उनले सोमबार कुशल मल्ल बाहेक राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई अनफलो गरेका हुन् ।

लामिछानेको इन्स्टाग्राम फलोइङ सूची हेर्ने हो भने अहिले १० ओटा अकाउन्टलाई मात्र फलो गरेको देखिन्छ । त्यसमा पूर्व कप्तान पारस खड्का र शरद भेषवाकरको नाम समावेश छ ।

त्यस बाहेक उनले राष्ट्रिय टिममा नरहेका केही क्रिकेटर र अन्य अकाउन्टलाई पनि फलो गरेका छन् ।

अन्य नेपाली क्रिकेटरको फलोइङ लिस्ट हेर्ने हो भने अधिकांशले लामिछानेलाई फलो गरेको देखिन्छ । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीले पनि लामिछानेलाई फलो गरेका छैनन् ।

यही बीच विभिन्न किसिमका अनुमान गरी सामाजिक सञ्जालमा पोस्ट आइरहेका छन् । त्यसमा लामिछाने र अन्य क्रिकेटरबिच अहिले सम्बन्ध राम्रो नभएको लख धेरैले काटिरहेका छन् ।

लामिछानेले आइतबार बेलुका ७ः१७ मा फेसबुकमा एक पोस्ट राखे । त्यसमार्फत उनले ‘छिट्टै केही घोषणा’ गर्ने सङ्केत दिए ।

उक्त पोस्टमा कमेन्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले थुप्रै अड्कल काट्न थाले । खासगरी अमेरिकामा जारी क्रिकेट वर्ल्डकप लिग टु सिरिज खेल्न नेपाली टोलीमा समावेश हुन अमेरिका पुगेका लामिछानेले एक्कासी के घोषणा गर्न लागे भन्ने कौतूहलता धेरैलाई भयो ।

केहीले लामिछानेको पोस्टलाई गम्भीरतापूर्वक लिएर उनले क्रिकेटबाट सन्यास लिन लागेका हुन् कि भन्ने लख काटे । अनि कतिपयले केही राम्रो समाचार आउने आशा व्यक्त गरे भने कतिले त्यसलाई मजाकको विषय बनाए ।

यसअघि पनि लामिछानेले आफ्ना सबै सामाजिक सञ्जालका अकाउन्ट डिएक्टिभेट गरेका थिए । त्यसको केही दिनमा उनी सामाजिक सञ्जालमा पुनः सक्रिय भए । तर, अकाउन्ट डिएक्टिभेट गर्नुको कारण भने कहीं खुलाएनन् ।

आशा गरौं उनले ‘केही घोषणा गर्ने’ विषय र टिममेटहरूलाई इन्स्टाग्राममा अनफलो गर्नुको कारण छिट्टै बाहिर आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा